राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपाल(एन-प्याब्सन) सुनसरीको अधिवेशनबाट अध्यक्षमा धरानका योवा राई सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न एन-प्याब्सनको १० औँ जिल्ला अधिवेशनले धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रीन्सिपल योवा राईको नेतृत्वमा सर्बसम्मत २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

धरान-८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा स्ट्याण्डर्ड बोर्डिङ पकलीका प्रीन्सिपल गणेश कोइराला, उपाध्यक्षमा हिमालयन बोर्डिङ स्कुल चतराका आलोक श्रेष्ठ, सचिवमा नमुना एकेडेमी तरहराका प्रीन्सिपल थरेन्द्र अधिकारी चयन भएका छन् । त्यस्तै सह-सचिवमा विद्या भूषण स्कुल धरानका प्रीन्सिपल पूर्णचन्द्र ढकाल, कोषाध्यक्षमा विद्या ज्योती बोर्डिङ इटहरीका प्रीन्सिपल कृष्ण गड्तौला र सह-कोषाध्यक्षमा युरेका आवासिय मा.बि.धरानका प्रीन्सिपल कुरन चेम्जोङ चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा सुमिता राई, गोकुल खड्का, राजकुमार राई, तारा बहादुर कार्की, सुमित कुमार मेहता रहेका छन् । अन्य सदस्यहरुमा श्रवण कुमार साह, नवराज बुढाथोकी, गम्भिरमान तामाङ र दिपेन्द्र यादब रहेका छन् । बाँकी ५ जना सदस्यहरु नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निबर्तमान जिल्ला सचिव भगत लिम्बुले जानकारी दिए। नव निर्वाचित कार्यसमितिलाई एन-प्याब्सन केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठले सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष नारायण कुमार सन्जेल, प्रदेश अध्यक्ष राजन पौडेल, निबर्तमान सचिव भगत लिम्बू लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा केन्द्रीय सह अध्यक्ष सुबास न्यौपाने, केन्द्रीय महासचिव पारसमणी दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राई, जिल्लाका विभिन्न स्कुलका प्रीन्सिपल, संचालक लगायतको उपस्थिति रहेको थियो ।