‘सजनी तोहर विन’ चलचित्रको शुभ मुरहतसँगै छायाङ्कन शुरु

भरौल । सचेत चौधरी र सञ्चारकर्मी प्रदीप बासमैतको निर्माणमा थारु चलचित्र सजनी तोहर विनको शुभ साइत सम्पन्न भएसँगै निर्माण कार्य शुरु भएको छ ।

थारु भाषामा निर्माण हुने चलचित्रमा समाजमा महिला तथा बिपन्न माथि अझै भइरहेका विभेद र अत्याचारलाई चलचित्रमा देखाइने चलचित्रका कथा लेखक सचेत चौधरीले जानकारी दिए । उनी आफैंले जीवनमा भोगेका भोगाइ तथा परिवर्तनहरुलाई कथामा समेटेकोले यो चलचित्र हरेक दर्शकलाई आफ्नो कथा जस्तो लाग्ने दाबी गर्छन् ।

सचेत चौधरीको कथामा बन्न लागेको फिल्मको निर्देशन आश थारुले गर्नेछन् । फिल्ममा मुख्य भूमिकामा नायकको रुपमा सचेत चौधरी तथा यसै चलचित्रबाट डेब्यू गरेकी मोडल सुजु चौधरीलाई नायिकाको रुपमा चलचित्रमा देख्न सकिनेछ ।

नायिका चौधरीले यस अघि झण्डै आधा दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेर दशर्कको मन जितिसकेकी छन् ।

डविङ्ग तथा पोस्ट प्रोडक्सन मेघा डोजिटल रेकर्डिङ स्टुडियोले गर्नेछ भने सम्पादन / द्वन्द सरोज कुमार चौधरीले गर्ने सञ्चारकर्मी समेत रहेका निर्माता तथा कालाकार प्रदीप बासमैतले जानकारी दिए । त्यसैगरी छायाङ्कन सावन चौधरीले गर्नेछन् भने श्रीगांर सविता चौधरीले गर्ने निर्माता बासमैतले जानकारी दिए ।

बासमैतको अनुसार यो फिल्मको छायांकन नेपालको पर्यटकीय क्षेत्र साथै गाउँकै कथा वस्तु भएकोले थारु भिलेजमा समेत गरिनेछ ।

फिल्ममा झण्डै दुई दर्जन कलाकारहरुलाइ पर्दामा उतार्ने तयारी गरिएको निर्देशक आश थारुले जानकारी दिए । फिल्ममा नयाँ पुराना सवै कलाकारलाई हेर्न पाइने उनले बताए । फिल्ममा दर्शकलाइ मनोरञ्जन प्रदान गर्न थारु कमेडी किङ्ग पान्डव चौधरीले मसेलेदार भूमिका भूमिका निर्वाह गर्नेछन् भने खलनायकको मुख्य भूमिकामा कृष्ण चौधरी रहनेछन् । चाड पर्व नजिकिदै गर्दा दसैं अगावै फिल्मको सम्पूर्ण कार्य सम्पन्न गरी दसैंमा प्रदर्सन गर्ने तयारी रहेको निर्माण पक्षको भनाइ छ ।