इनरुवा । सहारा नेपालले शनिबार सुन्दरहरैंचाको शुक्रबारेमा बित्तिय साक्षरता र हाेली मिलन कार्यक्रमको आयोजना गरेको छ । सहारा नेपाल (साकोस) लिमिटेड बिराटचोक सेवा केन्द्रले रङ्गहरुको पर्व होलीको अवसर पारेर सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ र १२ मा रहेका १ सय १० जना शेयर सदस्यहरुकाे सहभागितामा बित्तिय साक्षरता, बिस्तारित मञ्च तथा हाेली मिलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य जीवनाथ ढकालले ब्यानर बाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने संचालक समिति सदस्य जिवनाथ अधिकारीले स्वागत मनतव्य राखेका थिए ।

सहारा नेपाल सलकपुरका अनुगमन प्रमुख महेश तामाङले कार्यक्रमकाे औचित्य प्रष्ट्याउँदै संस्थाकाे पृष्ठभूमि सहित हाल सम्मकाे प्रगति र भावि कार्ययाेजना बारे प्रकाश पारेका थिए । सहारा नेपालले आफ्नो नामझैँ गाउँगाउँमा गएर वित्तिय सुधारको लागि विभिन्न आयमूलक कार्यक्रम मार्फत् सहारा दिने प्रयास गर्दै आइरहेको बताए ।

उनले सहारा नेपाल अग्रज र जिम्मेवार सहकारी भएकाले स्थानीय सरकारसँग सधैं सहकार्य गरेर अघि बढ्ने बताए । साथै स्थानीयस्तरमा रहेका अन्य सहकारीहरुसँग हातेमालाे तथा समाहित हुन चाहानेहरुलाई समाहित गरी अघि बढ्न तयार रहेकाे उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य जीवनाथ ढकालले होलीको शुभकामना दिदै सहारा नेपाल देशकै सहकारीहरु मध्ये नमुना सहकारी भएको बताए । उनले सहारा नेपालले देशमै आर्थिक मन्दी हुँदा पनि बित्तिय सूचांक गिर्न नदिई अब्बल बनाउन सफल भएको भन्दै प्रशंसा समेत गरे ।

त्यसैगरी जोय परियाेजना जिल्ला संयाेजक मिथुनसेन चाैधरीले बित्तिय साक्षरताबारे जानकारी गराएका थिए भने कार्यक्रम संचालन गरिरहेका सहारा नेपालका बिराटचाैक प्रमुख माेतिखर संजेलले बचत तथा समसामयिक सवालबारे जानकारी दिएका थिए ।

बिराटचाैक सेवाकेन्द्र संचालक समिति संयाेजक चिरञ्जीवी रेग्मीको अध्यक्षताम सम्पन्न उक्त कार्यक्रममा पशु प्राविधिक संजित यादवले पशु बिमा तथा अन्य प्राबिधिक जानकारी गराएका थिए ।

सोही कार्यक्रममै सुन्दर हरैंचा नगरपालिका वडा नम्बर ११ काे समन्वयमा स्वास्थ्यकर्मीहरुबाट हात्तिपाइले राेगकाे औषधि लिन छुट भएकाहरुलाई औषधि वितरण समेत गरिएकाे थियो ।

उत्कृष्ट सहकारीको पुरस्कारबाट समेत पुरस्कृत भइसकेको सहारा नेपाल अहिले ११ जिल्लामा कृयाशील रहेको छ भने संस्थामा ५ सय २० जना कर्मचारीहरुले सेवा दिइरहेका छन् । संस्थामा हाल १ लाख ६० हजार सदस्य रहेको अनुगमन प्रमुख महेश तामाङले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा शेयर धनी,कर्मचारी र संचालकहरुले हाेलीकाे शुभकामना आदान प्रदान गर्दै राताे अबिर लगाई हाेली खेल्दै होली गीतमा सामुहिक नृत्य गरेका थिए ।
