महिलालाई स्वरोजगार बनाउन सिलाई कटाई तालिम

सुदन गुरागाई, बराहक्षेत्र ।

बराहक्षेत्र नगरपालिकाले महिलालाई स्वरोजगार बनाउने उद्धेश्यले सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।

नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सालको बार्षिक स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बराहक्षेत्र नगरपालिकाका वडा नं. ६ र ११ बाट गरेर क्रमशः ६ जना र २३ जना गरी २९ जना महिलालाई उक्त सिलाई कटाई तालिम प्रधान गरिने भएको हो ।

बराहक्षेत्र नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अरुण मेहताका अनुसार गरिब तथा बिपन्न महिलाहरुलाई घरमै बसेर आम्दानी गर्न सक्ने सीप दिने उद्धेश्यका साथ प्राविधिक सीप बिकास तालिम अन्तर्गत आधारभूत सिलाई कटाई तालिम संचालन गरिएको हो । तालिम २ महिनासम्म सञ्चालन हुनेछ ।

आइतबार बराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा तालिम सुरु भएको छ । २३ जना सहभागी रहेको तालिमको उद्घाटन वडाध्यक्ष कृष्णकुमार महतोले गरेका थिए । उक्त कार्यक्रम अन्तर्गत नै वडा नं. ६ मा सोमवारदेखि तालिम सुरु गरिनेछ ।