जलदेवि आधारभूत विद्यालयको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सुदन गुरागाई, बराहक्षेत्र ।

सुनसरीको बराहक्षेत्र २ जब्दीमा रहेको जलदेवि आधारभूत विद्यालयले आफ्नो २३ औँ वार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताको साथ मनाएको छ । मङ्गलवार विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवारले विद्यालयकी शिक्षिका राधिका घिमिरे (वराल)लाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिन् ।

त्यस्तै विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्ने दाता व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्की, उत्कृष्ट अभिभावकको रुपमा बिमला थापा मगर र राजकुमार राई, पूर्व व्यवस्थापन समिति सदस्य अबिरमान भुजेल, पूर्व व्यवस्थापन समिति सदस्य मनमाया कार्कीलाई सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयको सहयोगी संस्था ग्रामिण स्वाबलम्बन विकास केन्द्रलाई समेत सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नरकुमार राईले विद्यालयको आर्थिक बर्ष २०७८/०७९ को आय व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप-प्रमुख सुनुवार, बिशिष्ट अतिथि वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, आदर्श माविका पूर्व प्रधानाध्यापक प्रल्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे, नगर शिक्षा शाखाका प्रतिनिधि स्वस्तिका धमला, आदर्श माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बु, समाजदेबि मनोज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकूद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।

२०५५ सालमा स्थापना भएको नगरपालिकाकै कान्छो विद्यालय सुनसरी जिल्लाकै उत्कृष्ट ब्यबस्थापन भएको नगरपालिकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानितको भएको छ ।