महेन्द्र माध्यमिक विद्यालयको ६६औँ वार्षिकोत्सव सम्पन्न

सुदन गुरागाई, बराहक्षेत्र ।

सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६६औँ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।

मङ्गलवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक चण्डिराज पोखरेलले विद्यालयको आर्थिक बर्ष २०७८/०७९ को आय व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिग्राम दाहालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

२०१३ सालमा स्थापना भएको उक्त विद्यालय बराहक्षेत्र नगरपालिकै पुरानो तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यालय मध्येको एक विद्यालयको रुपमा रहेको छ ।