प्रथम हिसान फुटबल प्रतियोगिताको उदघाटन खेलमा मुनबिमको जित

बराहक्षेत्र । प्रथम हिसान फुटबल प्रतियोगिता २०७९को उदघाटन खेलमा मुन बिम एकेडेमीले जित हासिल गरेको छ।हिसान सुनसरीले आयोजना गरेको प्रतियोगितामा उद्घाटन खेल बराहक्षेत्रमा रहेको मुन बिम एकेडेमी र प्रिमियर कलेज इटहरीबिच भएको थियो ।

६० मिनेटको समय राखी खेलाइएको खेल निकै रोमाञ्चकारी बनेको थियो। खेलको पहिलो हापको सुरुवातिक्रममै मुनबिम एकेडेमीले पाएको कर्नल किकमा सुशसन बिष्टको हेड पासमा जर्सी नं. १० का जोन राईले खेलको १४औँ मिनेमा १ गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक रहेको खेलमा खेलको २०औँ मिनेटमा मुनबिम एकेडेमीकै तर्फबाट जर्सी नं. ११ का खेलाडी मन्दिप कार्कीले १ गोल गरी आफ्नो टिमलाई थप अग्रता दिलाए ।

प्रिमियर कलेज इटहरीले भने पाएका सुनौला अवसरलाई सही सदुपयोग गर्न सकेन। खेलको दोस्रो हापको ८ मिनेटको अन्तरालमा मुनबिम एकेेडेकीका जर्सी नं. १३ का संजिव खड्काले कर्नलबाट गरेको प्रहार गोलमा परिणत भयो ।

दोस्रो हापमा प्रिमियर कलेजलाई मुन बिम एकेडेमीले दबाबमा राखेको थियो। मुनबिमका खेलाडी मन्दिप कार्कीले दिएको पासबाट जर्सी नं. ७ का युवराज गुरुङले खेलको दोस्रो हापको ११ औँ मिनेटमा १ गोले गरे ।

प्रिमियर कलेज इटहरीबाट गोल लगाउन निकै मिहिनेत गरेपनि कुनै गोल हुन नसक्दा शुन्यका बिरुद्ध ४ गोलका अन्तरले मुन बिम एकेडेमीले जित हासिल गर्‍यो । खेलको म्यान अफ दी म्याच मुन बिम एकेडेमीका जर्सी नं. १० का खेलाडी जोन राई घोषित भए ।

सुनसरीभरीका २४ वटा कलेज सहभागी रहेको प्रतियोगिता माघ १३ गतेसम्म चल्ने आयोजकले जनाएको छ । हिसान सुनसरीले आयोजना गरेको प्रतियोगिता इटहरीको रङ्गशालाको खेल मैदानमा चलिरहेको छ।