मेयरकप क्रिकेटको उपाधि दुहबी ६ को पोल्टामा

चन्दन रौनियार, दुहबी ।
स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले चुम्न सफल भएको छ।

गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बिच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षेती सहित १ सय ६९ रन जोडेको थियो ।

१७० रनको लक्ष्य सहित मैदानमा उत्रेको दुहबी ६ ले ५ विकेटको क्षेति बेहोर्दै २ बल बाँकि हुदा १७० रन बनाउदै उपाधि जित्न सफल भएको थियो। प्रतियोगिताको बेस्ट ब्याट्समेन दुहबी ६ का अमन साह बनेका थिए भने बेस्ट बलर दुहबी ५ का सुर्य रौनियार बनेका थिए ।

प्रथम हुने दुहबी ६ लाई कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले रु ३० हजार नगद सहित ट्रफी मेडल, प्रमाणपत्र प्रदान गरेका थिए भने दोस्रो हुने दुहबी ५ का खेलाडीहरुलाई रु १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।