चतरा साकोसको २४ औँ साधारण सभा सम्पन्न

बराहक्षेत्र । बराहक्षेत्र वडा नम्बर २ चतरास्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधरणसभा तथा २५औँ स्थापना दिवश सम्पन्न गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य, बचतकर्ता, सरोकारवालाहरुको उपस्थितिमा २४ औँ बार्षिक साधरण सभा तथा २५औँ स्थापना दिवस सम्पन्न गरेको हो ।

शुक्रबार चतरास्थित बोलबम धर्मशालामा आयोजित साधारणसभालाई बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कार्कीले सहकारीले उत्पादनमुखी भएर काम गर्न लागि पर्नु जोड दिए । देखासिखी गरेर ,गर्जो टार्नका निम्ति ऋण लिने प्रवृत्तिले कर्जा तिर्न नसक्दा सहकारी र ऋणीको बद्नामी हुने गरेको छ,यस्ता क्रियाकलाप नगर्न र उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।

साधरण सभामा संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेलले सहकारीको वार्षिक प्रगति विबरण तथा भाबि योजना प्रस्तुत गरेकी थिइन ।

अध्यक्ष पौडेलका अनुसार सहकारीले चालू आर्थिक वर्षमा बचत निक्षेप ४५ लाख ३३ हजार २ सय १३ रुपैयाँ २२ पैसालाई वृद्धि गर्दै ५० करोड १० लाख ५१ हजार २ सय ३७ रुपैयाँ ७७ पैसा पुर्‍याएको छ ।

यो आर्थिक बर्षमा ९९ करोड ५२ लाख ९८ हजार ५२ रुपैयाँ ७३ पैसा बचत संकलन भएको तथा ९९ करोड ७ लाख ६४ हजार ८ सय ३९ रुपैयाँ ५१ पैसा भुक्तानी भएको पौडेलले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । गत बर्षको अनुपातमा ०.९१ प्रतिशतले बुद्धि भएको पौडेलले जानकारी दिइन् ।

चालू आवमा संस्थाको कर्जालगानी गत बर्षको भन्दा ३ करोड १ लाख १६ हजार ५ सय ४१ रुपैयाँ बृद्बि भई ६६ करोड २ लाख ४२ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस आवमा कुल ३९ करोड ३३ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ लगानी तथा ३६ करोड ३२ लाख ३५ हजार ८ सय ११ रुपैयाँ कर्जा असुली भएको छ । उक्त कर्जा लगानी ४.७८ प्रतिशतले बुद्धि भएको हो ।

सोही अवसरमा संस्थाले शेयर सदस्यहरु मध्येबाट १० जना उत्कृष्ट दुग्ध उत्पादक कृषकहरुलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , स्थापक संञ्चालक समिति, उत्कृष्ट रेमिटान्स कारोवारी, पूर्वध्यक्ष, जेष्ठ शेयर सदस्यलाई सम्मान तथा स्थानीय पत्रकारहरु हिमाल राई , संन्तोष गुप्ता र बिजय राईलाई सम्मान समेत गरेको थियो ।

सभामा व्यवस्थापक बाबुराम खत्रीले स्वागत मन्तव्य राखेका थिए भने उपध्यक्ष दिपक कार्कीले कार्यक्रम संचालन गरेका थिए । संस्थामा गत वर्ष शेयर सदस्य २ सय ५५ जना बृद्बि भएर हाल ४ हजार ९ सय ८९ जना सेयर सदस्य रहेको व्यवस्थापक खत्रीले जानकारी दिए ।

सभामा प्रस्तुत गरिएका प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रमलाई सर्वसम्मत पास गरेको छ ।