सहाराको इकाइ साधारणसभा बलियामा सम्पन्न

मोरङ । झापा जिल्लाको चारपानेमा केन्द्रिय कार्यलय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६औँ साधारण सभा अन्तर्गत शनिबार माेरङकाे बलियामा इकाई साधारण सभा सम्पन्न गरेकाे छ ।

सदस्य संख्या र बित्तीय काराेबारकाे आधारमा नेपालकै ठूला सहकारीहरु मध्यमै पर्ने यस सहकारीले आफ्नो २६औँ साधारण सभा अन्तर्गत हिजो पाँचवटा बिराटचाैक, बलिया, बाहुनी, धरान र तरहरा सेवा केन्द्रहरुको इकाइ साधारणसभा माेरङकाे बलियामा सम्पन्न गरेकाे हो ।

सहारा साकाेसका अध्यक्ष हरिबहादुर राजबंशीकाे अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सन्ताेष लिङ्देनकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे साधारण सभामा बिराटचाैक, बलिया, बाहुनी, धरान र तरहरा सेवा केन्द्रका शेयरधनीहरुकाे उपस्थिति रहेकाे थियाे ।

देशभर आर्थिक मन्दिले तरलता अभाव भई धेरै सहकारीहरु समस्यामा परिरहेकाे अवस्थामा पनि यस सहकारीले भने गत आर्थिक वर्षमा ४९ कराेड बढी नाफा कमाउन सफल भएको संस्थाका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिए । उनले अहिले आर्थिक तरलताको अवस्थामा पनि संस्था वित्तिय सुचांकमा अब्बल रहेको दावी गरे ।

मंसिर २१ गतेदेखि २५ गते सम्म कार्य क्षेत्र रहेका १७ स्थानमा सहाराले आफ्ना सेवा केन्द्रहरुमा इकाई साधारण सभा संचालन गरिरहेकाे छ भने इकाई साधारण सभाबाट छनाैट भएका प्रतिनिधि मार्फत प्रतिनिधिमुलक रुपमा यहि पाैष ९ गते झापामा साधारण सभा सम्पन्न हुनेछ ।

कार्यक्रममा सहारा साकाेसका संचालक समितिका अध्यक्ष हरिबहादुर राजबंशीले वार्षिक प्रगति प्रतिवेदन, संचालक समिति सदस्य भाेला धितालले प्रस्तावित नीति तथा कार्यक्रम सम्बन्धि प्रतिबेदन, लेखा सुपरिबेक्षण समिति सदस्य शंकर सुबेदीले लेखा सुपरिबेक्षण समितिकाे प्रतिबेदन र निर्देशक लक्ष्मण खतिवडाले लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए । बिराटचाैक सेवा केन्द्रका प्रमुख माेतिखर संजेल द्वारा संचालित कार्यक्रममा सेवा केन्द्र संचालन उपसमिति संयोजक चिरन्जिबि रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने सहाराका अनुगमन अधिकृत महेश तामाङले संस्थाले भर्खरै शुरुवात गरेका नयाँ बचत बारे जानकारी दिदै बचतकाे महत्व बारे स्पष्ट पारेका थिए ।

सहाराले झापा, मोरङ, सुनसरी,उदयपुर, इलाम र पाचथर सहित ६ जिल्लामा ५ सय भन्दा बढि कर्मचारीहरुद्वारा ७९ सेवा केन्द्रमार्फत करिब १ लाख ६० हजार सदस्यहरुलाई बित्तिय सेवा प्रदान गरिरहेको छ । त्यस्तै संस्थाले थप ५ वटा पहाडी जिल्लाहरुमा सेवा विस्तारकाे स्वीकृति लिइसकेकाले यस वर्ष सेवा केन्द्र बिस्तार गर्ने याेजनामा रहेकाे संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७९ असार मसान्तसम्म सहारामा १ लाख ५९ हजार ७ सय ७८ सदस्य, १ अर्व ६३ करोड शेयर पुँजी, बिभिन्न कोषहरुमा २ अर्व रकम, तरलता रकम १ अर्व ८८ करोड, ऋण लगानी १३ अर्ब, बचत ९ अर्ब ८५ कराेड र मुनाफा ४९ कराेड ७७ लाख रहेको छ ।