बुटवलबाट दाङ सारियो लुम्विनी प्रदेशको राजधानी

मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विकले देउखुरीमा राति लगिएका सामाग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताए । ‘

मुख्यमन्त्री केसीले अबको आफ्नो अन्तिम मन्त्रीपरिषद् बैठक देउखुरीमै बसालेर आफू बिदा हुने गरी आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद्को बैठक कक्ष एवं सचिवालय मात्र व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री कार्यालयका एक उपसचिवले बताए । ‘मैले बुझे अनुसार सबै सार्नेभन्दा पनि अबको पहिलो मन्त्रिपरिषद् बैठक देउखुरीमै बसाल्ने उहाँको प्रयास हो,’ उनले भने, ‘त्यसपछि के हुन्छ भन्ने निर्णय त्यसपछिकै मुख्यमन्त्रीले गर्ने भएकाले अहिले सारिएका बाहेक अन्य सामान र कर्मचारी सर्ने सम्भावना न्यून छ ।’

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ ।

यस अघि नै प्रदेश सभाले राजधानी वुटवलबाट दाङ सार्ने निर्णय गरेको थियो ।