व्यावसायिक पशुपालनमा मधेश प्रदेश पछाडि, वार्षिक तीन लाख लिटर दूध अपुग

विभागको संयुक्त प्रयासमा तयार गरी सार्वजनिक गरिएको तथ्याङ्कमा जम्मा ४४ हजार आठ सय ७३ गाईगोरु व्यावसायिक पालन गरिएकोमा उन्नत गाईगोरुको सङ्ख्या ३३ हजार सात सय ५७ छ ।

तथ्याङ्कमा सबैभन्दा उन्नत गाईगोरु बागमती प्रदेशमा नौ हजार तीन सय ६४ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७४ छन् । त्यसैगरी देशैभर कूल ३४ हजार छ सय ५३ राँगाभैँसी व्यवसायिक रुपमा पालिएका छन् । जसमध्ये उन्नत जातका राँगाभैँसीको सङ्ख्या २४ हजार चार सय ४७ छन् । सबैभन्दा बढी गण्डकी प्रदेशमा ११ हजार चार सय ६९ र सबैभन्दा कम सूदुरपश्चिम प्रदेशमा एक हजार छ सय ३० छन् ।

त्यसैगरी एक लाख ५० हजार पाँच सय ६८ बाख्रा व्यवसायिक रुपले पालन गरिएको छ । जसमध्ये उन्नत जातका बाख्राको सङ्ख्य ६७ हजार ६७ छ । उन्नत जातका बाख्रामा बोर जातका बाख्रा सबैभन्दा धेरै ३१ हजार छ सय ३७ र जमुनापारी जातका २३ हजार छ सय ६३ बाख्रा व्यावसायकि रुपमा पालन गरिएको छ । सबैभन्दा धेरै बाख्रापालन प्रदेश नं १ मा ३३ हजार दुई सय १३ र सबैभन्दा कम मधेश प्रदेशमा छ हजार पाँच सय दुई रहेको उल्लेख छ ।

नेपालमा व्यावसायिक च्याङ्ग्रापालनको सङ्ख्या ३१ हजार सात सय ८१ र भेडा ८८ हजार चार सय २१ छ । सबैभन्दा धेरै बरुवालजातको भेडा १३ हजार तीन सय ३४ र सबैभन्दा कम छ हजार दुई सय ४८ कागे जातका छन् । सबैभन्दा धेरै भेडा तथा च्याङग्रा ३४ हजार नौ सय ७५ कर्णाली प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा तीन सय ९५ वटा पालन गरिएको छ ।

नेपालमा व्यावसायिक सुङ्गुरपालनको सङ्ख्या ३८ हजार तीन सय छ छ । सबैभन्दा धेरै सुङ्गुरपालन प्रदेश नं १ मा १६ हजार आठ सय ८४ र सबैभन्दा कम मधेश प्रदेशमा पाँच सय २८ पालन गरिएको छ । दूधालु गाई १५ हजार तीन सय ८० वटाबाट दूध दिने अवधिसम्म चार करोड ५८ लाख तीन हजार चार ५७ लिटर दूध उत्उपादन हुने गरेको छ ।

सबैभन्दा धेरै दूध बागमती प्रदेशमा एक करोड ३५ लाख ९८ हजार पाँच सय १० लिटर दूध उत्पादन हुन्छ । स्थानीय जातका गाईले सरदर नौ महिना र उन्नत जातका गाईले दश महिना दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ । प्रति गाई दिन सरदर १० लिटर दूध उत्पादन हुने गरको छ । नेपालमा व्यावसायिक भैँसी फार्मबाट ८३ लाख ८८ हजार एक सय ८३ लिटर दूध उत्पादन हुने गरेको छ । नेपालमा भैँसीको दूध उत्पादन गण्डकी प्रदेशमा धेरै हुने गरेको छ । भैँसीले सरदर नौ महिनासम्म दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ ।