इनरुवामा लोक नृत्य प्रतियोगिता सप्पन्न

इनरुवा । इनरुवामा नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन सुनसरीको समन्वय तथा नगर प्याब्सन इनरुवाको आयोजनामा आज नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

रोयल पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगितामा इनरुवा क्षेत्रभित्रका ८ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।

मौलिक संस्कृति झल्कने गीत, संगित तथा नृत्यलाई जोड गरिएको उक्त प्रतियोगितामा सहभागी सबै विद्यालयका विद्यार्थीहरुले बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा इष्ट प्वाइन्ट स्कुल प्रथम भयो भने इनरुवा इङ्लिस स्कुल द्वितीय भयो । सूर्य किरण एकेडेमी तृतीय हुँदा प्रिसीयस एकेडेमीले सान्त्वनामा चित्त बुझायो ।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले इनरुवा नगर क्षेत्रको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय लोक नृत्य प्रतियोगितामा भाग लिने प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले जानकारी दिए ।

अत्यन्तै उल्लासमय उपस्थिति रहेको प्रतियोगिताको निर्णायकको भूमिका मनिकुमार राई र रुपेश बिश्वासले निर्वाह गरेका थिए ।

इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईको अध्यक्षतामा सप्पन्न कार्यक्रमको प्रमुख अतिथि प्याब्सन १ नम्बर प्रदेश कमिटिका उपाध्यक्ष ज्ञानेन्द्र दाहाल थिए भने कार्यक्रमको संचालन नगर प्याब्सन सचिब गंगाराम मण्डलले गरेका थिए ।