स्वर्णिम साहित्य समाजको तेस्रो साधरण सभा सम्पन्न

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा रहेको स्वर्णिम साहित्य समाजको तेस्रो साधरण सभा सम्पन्न भएको छ । बराहक्षेत्र ३ का वडाध्यक्ष राजदिप लामाको प्रमुख आतिथ्यमा उक्त सभा सम्मपन्न भएको हो ।

तेस्रो साधरण सभा बराहक्षेत्रको साहित्य हिजो र आज र बराहक्षेत्रका सिर्जना सम्पत्ति गरी पहिलो र दोस्रो सेसन गरिएको थियो ।

प्रमुख अतिथिबाट पानसमा बत्ति बाली कार्यक्रमको उदघाटन गरिएको थियो भने संस्थाका उपाध्यक्ष शरण कुमार लिम्बूले स्वागत मन्तव्य राखेका थिए।

साधरण सभाले पुन: प्रमाश दिप्साली राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शरण कुमार लिम्बू, सचिवमा लक्ष्मण कटुवाल, सहसचिवमा सविता फागो लिम्बू, सर्वसहमत भएका छन् भने अच्युत भट्टराई, मनोज विष्ट, दीपा मग्राती, सूर्य तामाङ, मेलिना लिम्बू सदस्यमा छानिएका छन् ।

लामो समयदेखि बराहक्षेत्रमा रहेर साहित्यको उन्नयनमा लागि परेका अध्यक्ष राईले संस्थालाई मजबुत बनाउँदै नव सिर्जनशीलहरुलाई साहित्यमा लाग्न हौसला तथा प्रेरणा दिदै आइरहेका छन् ।

कार्यक्रममा वडा नं ३ का पूर्व अध्यक्ष रुद्र दाहालले शुभकामना मन्तव्य राख्दै संस्थालाई हरेक अवस्थामा पनि साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष रोहित काफ्लेले पनि संस्थाको प्रगतिको कामना गर्दै साहित्यमा रुचि राख्नेहरुलाई संस्था प्लेट्फर्म बन्न सकोस् भन्ने सुभेक्षा व्यक्त गरे ।

दोस्रो सेसनको कार्यक्रममा वक्ता रमेश काफ्लेले बराहक्षेत्रको साहित्य हिजो र आज बारे जानकारी दिएका थिए। काफ्लेले बराहक्षेत्र एक धार्मिक,सांस्कृतिक ,कला र साहित्यको उद्गम स्थल रहेको बताए । साहित्य र कलाको महिमा बुझी सबै मिली बराहक्षेत्रमा रहेका साहित्यिक संस्थाहरुको उन्नयनमा जुट्नु पर्ने विचार समेत राखे ।

साधरण सभामा बराहक्षेत्रका सिर्जना सम्पत्ति कार्यक्रमको समेत आयोजना गरिएको थियो । बराहक्षेत्रमै रहेर कलम चलाउने कवि नवराज विष्ट, छविना लुङ्गेली मगर र गजलकार अच्युत भट्टराईले प्रस्तुति दिएका थिए । सोहि अवसरमा कवि नवराज बिष्टले ३ वटा कविता वाचन गरे ।

त्यसैगरी बराहक्षेत्र ७ कि नारीहरुका कथा व्यथाकासाथ प्रेमिल कविताहरु रचेर आफूलाई अब्बल कवयत्रीका रुपमा परिचित गराएकी छविना लुङ्गेली मगरले पनि ३ कविता वाचन गरिन ।

श्रृङ्गारिक गजल बढी लेख्न रुचाउँने संस्थाका सदस्य अच्युत भट्टराईले वाचन गरेको प्रेमिल गजलले कार्यक्रम निकै रोमाञ्चक बनेको थियो ।

कार्यक्रमका वक्ता कवि बद्री भिखारीले साहित्य सृजनामा सकृय रहेकोमा कवि र गजलकारको गुनगान गाए ।

त्यसैगरी प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजदिप लामाले साहित्य र कला समाजको पहिंचान भएकाले यसमा सधैँ सँगै रहने बताए । अन्य कुरामा राजनीति, पार्टी भए पनि कला र साहितत्य नितान्त फरक कुरा भएकाले जनप्रतिनिधिको रुपमा साहित्य सृजनामा योगदान दिने स्वर्णीम साहित्य समाजसँग हातेमालो गर्न वडा तथा नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रकाश दिप्साली राईले सबैले सकरात्मक सोच लिएर साहित्य र कलाप्रति मायागरिदिन आग्रह गरे ।साथै उनले संस्थाले गर्ने कुनै पनि कार्यक्रम वडा र नगरकै पहिचानसँग जोडिने भएकाले जनप्रतिनिधिहरुले यस्ता संस्थाको समृद्धि तथा उन्ननय तथा बिकासमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष रोहित काफ्ले, वडा नं. ३ का पूर्व अध्यक्ष रुद्र दाहाल, केशव पुरी, राजेन्द्र कार्की, विदुर भट्टराई, अर्जुन श्रेष्ठ, सुरेन्द्र कोइराला, रमेश हतुवाली, अभियोग राई, सन्तोष चौलागाई लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। बराहक्षेत्र वडा नम्बर ३ को वडा कार्यलयको सभाहलमा राखिएको कार्यक्रम लक्ष्मण कटुवाल र सविता फागो लिम्बूले सञ्चालन गरेका थिए।