बिश्वकर्मा पूजा नजिकिदा मूर्ति बिक्रीमा बढोत्तरी

चन्दन रौनियार, दुहबी ।

बिश्वकर्मा पूजा नजिकिएसँगै बिश्वकर्माको मूर्ति बिक्री गत वर्षको तुलनामा ह्वात्तै बढेको छ । बिगत दुई बर्षयता नेपाली चाडपर्व शुरु भएपछि परम्परागत देवी, देवताको माटोको रंगित मूर्ति बनाउने पेशा कोरोना महामारी तथा लकडाउन, निषेधाज्ञाका कारण संकटमा परेको थियो ।

कोरोनाकालको असहज परिस्थितिले उनीहरुको पेशा पनि संकटमा परेको थियोे ।

उद्योग, यातायात सहित औजारका काम हुने व्यवसायीक क्षेत्रले बर्सेनी विश्वकर्मा पूजा असोज १ गतेका दिन भव्य रुपमा मनाउँदै आएका छन् । यसपटक विश्वकर्मा भगवानको मूर्तिहरु ठूलो संख्यामा बनाउने र सबै मूर्ति विक्री हुने बिश्वास मूर्तिकार रतन पालको छ । यो वर्ष कोरोना महामारी नभएकाले अधिकांश उद्योगहरु पूर्णरुपमा सञ्चालन भएकाले विश्वकर्मा बाबाको मूर्तिको माग यसपटक बढेको मुर्तीकार रतनपाल दादाले बताए ।

उनले दुहबी वडा नम्बर ६ मा माटोका भगवान, देवी, देवताहरुको मूर्ति बनाउदै आएका छन् । सुनसरी–मोरङ औद्योगीक करिडोरमा मनाइने विश्वकर्मा पूजाका लागि वर्षेनी उनैले निर्माण गरेका मूर्ति उद्योगहरुमा जाने गर्दछ ।

यसपाली विश्वकर्म पूजा असोज १ गते आउन नौ दिन बाँकी रहँदा पनि गएका वर्षहरुभन्दा यसपटक अर्डरहरु बढी नै आइरहेको उनको भनाइ छ । उनका अनुसार बिगतका वर्षहरुमा ३ सयको संख्या सम्म मूर्ति बिक्री हुने गरेको थियो । दुई वर्ष कोरोना महामारी हुँदा खस्किएको व्यापार यसवर्ष उक्सने लक्षण देखिएको उनी बताउँछन् । पूजा आउन नौ दिन बाकि रहदै डराइडराई बनाएका मूर्तिहरुको माग व्यापक भरहेकाले पूजाको दिन सम्म ठूलै ब्यापार हुने पालको अनुमान छ ।

यसपटक मुर्तिको दाम ४ हजारदेखि १०हजार सम्मको छ। दुर्गापुजा ,सरस्वती पुजा, जितमहान पुजा, अनन्त पुजा, गणेश पुजा, बिश्वकर्मा पुजा, अन्न पुजा आदि पूजाहरुमा समेत मुर्ति बनाउने गरिएको छ ।