मोति जयन्तीको अवसरमा गजल महाफिल सम्पन्न

सुदन गुरागाई, बराहक्षेत्र ।

नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७औँ जन्म जयन्तीका अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा पूर्वेली साहित्यिक मञ्चद्वारा पहिलोपटक पुर्बेली महाफिल कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार चक्रघट्टीमा रहेको सूर्य फेमली पार्टी प्यालेसमा भएको भब्य कार्यक्रममा लोकप्रिय गजलकारहरु लोकेन्द्र बन्जरा, रोमु अधिकारी, चन्द्र थपलियाले गजल बाचन गरेका थिए ।

कवि तथा कथाकार प्राज्ञ बिबस पोखरेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोशन खड्का, वडा नं. ५ का ५ का वडा अध्यक्ष रोहित काफ्ले लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि ,साहित्यकार, सर्जक तथा गजलकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बराहक्षेत्र नगरपालिकाको संरक्षणत्वमा रहेको पूर्बेली साहित्यिक मंचले साहित्यिक सर्जकहरुको स्मृतिमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। बराहक्षेत्र नगरपालिकालाई केन्द्रमा राखेर स्थापना भएको यस संस्थाले साहित्यकारहरुको स्मृतिमा विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको स्मृतिको अवसरमा साहित्यिक ब्यक्तिहरुलाई एकै ठाउँमा जोडदै पूर्बेली महाफिल कार्यक्रम आयोजना गरिएको पूर्बेली साहित्यिक मंचका अध्यक्ष सन्तोष चौलागाईंले बताए ।