महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

मौसम झा – महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई शनिबार प्रमाणपत्र बितरण गरिएको छ।

पिपरा गाउँपालिकामा एक कार्यक्रमका बीच निर्बाचन अधिकृत यादब प्रसाद पौडेलले प्रमाणपत्र बितरण गरेका हुन् । निर्वाचन अधिकृत यादब प्रसाद पौडेलले नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामजानकी यादव , उपाध्यक्ष बन्दना पाण्डे सहित ७ वटै वडाका वडाअध्यक्ष र वडासदस्यलाई प्रमाणपत्र वितरण गरे।

गाउँपालिकामा दोब्बर मत प्राप्त गरेर (जसपा) जनता समाजबादी पार्टी नेपालका यादव गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश समिति सदस्य समेत रहेका अमित कुमार पाण्डेलाई २ हजार ६ सय ५ मतान्तरले पराजित गरेका थिए। यादवले ५ हजार ५ सय ८२ ल्याउँदा पाण्डेले २ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का बन्दना पाण्डे ५ हजार ४० मत प्राप्त गरेर निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्दी लोसपाकी रविता कुमारीले ३ हजार ६ सय २३ मत प्राप्त गरेकी थिइन्।

प्रमाण पत्र वितरण कार्यक्रममा निर्वाचन अधिकृत पौडेलले भने अबको पाँच वर्षसम्म जनताको सेवामा सर्मपित हुन नवनिर्वाचित जनप्रतिनिधीलाई सुझाव दिए। कत्तिपनि पुर्वाग्रह नराखेर जनताको सेवा गर्न उनीहरुले आग्रह गरे।

तेसै गरि जसपाका युवा नेता राहुल पाण्डेले भने “हामि ५ बर्षमा होईन् ३ महिनामै बदलाव र जनताको दुःख मेटिने छौ भ्रष्टाचारलाई जलै देखि उखारेर फाल्ने छौ यो पालिका जनप्रतिनिधिको हैन यो जनताको छ । युवा नेता पाण्डेले भने हामि जनताको सेवा गर्न आको छु सेवा गर्नेछु ।”

प्रमाणपत्र प्राप्त गरेपछि नवनिर्वाचित गाउँपालिका अध्यक्षले पिपरा गाउँपालिकावासीले दिएको विश्वासको मतलाई पूर्ण रुपले पालना गर्ने प्रतिवद्धता ब्यक्त गरे। ‘यहाँहरुले दिएको विश्वासको मतलाई पूर्ण रुपले म पालना गर्नेछु, पिपरा गाउँपालिकाले जनतालाई सहज सेवा दिनेछ,’ उनले भने। विशेषगरी शिक्षा, स्वास्थ्य लगायत साविकका गाउँका वडामा समान रुपले विकास गर्ने बताए।

यस्तै उपाध्यक्ष बन्दना पाण्डेले “हामि दुबै जना मिलेर नगरको विकासमा अगाडी बढ्ने बताए । ‘हामीले वाचा गरे अनुसार सम्पूर्ण नगरबासीको लागि काम गर्नेछौं, जनताको मतको मुल्यांकन र कदर गर्नेछौं,’ उनले भने ‘चुनावसम्म पक्ष, विपक्ष थियो, सबैको टोल, आँगन र घरमा हामी पुग्नेछौं।’ पिपरा गाउँपालिकाको मुख्य समस्यालाई अबको ३ महिनामै परिवर्तन भएको महसुस प्रतिवद्धता ब्यक्त गरे।