धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा नेपाली कांग्रेस विजयी

धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । कडा प्रतिस्पर्धाका बिच जसपा र एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका हुन । उनी निर्वाचित भएको आधिकारिक घोषणा भएर उनि प्रमाण पत्र लिदै भने म खुशी छु मलाई जनताले सहयोग गरेको छ अब सब भन्दा पहिला म शिक्षमा जोड दिन्छौँ । मठ–मन्दिर, अश्मसान, मस्जिद,कब्रस्तान सबैको उद्धार तथा संरक्षण गर्ने। घरेलु ग्रामय उद्योगको केन्द्रको रुपमा बिकास गर्ने।
नमूना टोल केही वडामा वातावरण मैत्री ब्यबस्थित बस्तीको बिकास गर्ने। कृषि सम्बन्धि तालीम लिन युवाहरूलाई इजरायल पठाउने प्रबन्ध मिलाउने र पलिका भित्र कृषि उत्पादनमा वृद्धि गराउने।

त्यसै गरि उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादव विजयी भएकी छन् । उनले जनताको सेवा गर्नका लागि आएकाे बताइन ।

लक्ष्मिनियाँ गाउँपालिका वडा नं १ का वडा अध्यक्षले भने मलाई जनताले पुन निर्वाचित गराएका छन् म जनतालाई दुःख सुखमा साथ दिनेनै छु तर विगतको दिनमा जे काम छुटे छन पहिला त्यो गर्ने छौ साथै आउने पाँच वर्षमा एसमाट वडा बनाउने प्रतिवद्वता गरे ।

त्यस्तै वडा नं ३ का वडा अध्यक्षले भने शिक्षाको अवस्थामा सुधार, सम्पूर्ण माध्यमिक बिद्यालयहरुको पठन पाठन अङ्ग्रेजी र नेपाली दुबै माध्यममा अनिवार्य गराउनुको साथै बिद्यार्थीहरुलाई अनुशासित बनाउने र बिद्यालयहरुमा सुन्दर,स्वच्छ र शान्त वातावरण कायम गराउने बताए ।

त्यसै गरि वडा नं ५ का वडा अध्यक्ष दुखरन यादबले भने स्वास्थ सेवा वडा भित्र चुस्त तथा दुरुस्त गर्ने र गराउने,हरेक वडाको हरेक गाउँ र टोलमा प्राथमिक स्वास्थ केन्द्र स्थापना गर्नु को साथै भएको स्वास्थ चौकिहरुमा निगरानी गरेर जनताको माझमा काम गर्ने बताए ।
वडा भरी शिक्षाको अवस्थामा सुधार तथा सुदृढ गर्ने,कक्षा ८ देखि १० सम्म पालिका भित्रको सम्पूर्ण माध्यमिक बिद्यालयहरुको पठन पाठन अङ्ग्रेजी र नेपाली दुबै माध्यममा अनिवार्य गराउनुको साथै बिद्यार्थीहरुलाई अनुशासित बनाउने र बिद्यालयहरुमा सुन्दर,स्वच्छ र शान्त वातावरण कायम गराउने।जुन गर्दा हाम्रो पालिका भरीका अभिभावकहरुलाई हाल आर्थिक भार परिवारमा कम हुनुको साथै बचत हुनेछ र भविस्यमा बालबालिकालाई उज्ज्वल भबिस्य बनाउन तथा उच्च शिक्षा हासिल गर्न टेवा पुग्ने छ।
कार्यक्रममा जनप्रतिनिधि जनता प्रहरी प्रशासन र पत्रकार गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिति थियो ।