दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा (एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले पछि पारेको छ ।
पछिल्लो साढे ११ बजेसम्मको मतपरिणामअनुसार घोराही एमालेका नरुलाल चौधरीले ११ हजार ४६० मतसहित लिड गरिरहेका छन् । जुन गठबन्धनको मतभन्दा १ हजार २१९ ले बढी हो ।
गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् ।
उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ ।
अहिले वडा. नं. २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।