नासाको दोश्रो सेवा केन्द्र इनरुवामा उद्घाटन

0
104

चन्दन रौनियार, दुहबी ।


कुनैपनि संस्थामा बिबिधिकरण गरेर लगानी गरे प्रतिफल राम्रै दिने नेप्सेका पूर्ब प्रमुख कार्यकारी अध्यक्ष चन्द सिंह साउदले बताउनुभएको छ ।

नासा ईन्भेष्टमेन्ट प्रा.लि.केन्द्रीय कार्यालय बिराटनगरको लगानीमा सुनसरीको इनरुवामा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको हेड कार्यलय तथा नासा सेवा केन्द्र इनरुवाको शुक्रबार साँझ एक भब्य तथा सांस्कृतिक कार्यक्रमका बीच समुदघाटन गर्दे साउदले उक्त कुरा बताउनुभएको हो ।

हामी आर्थिक उपार्जनका लागी कृषि क्षेत्रमा विभिन्न सुविधा पाउन सक्छौं । “कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति ल्याउनुपर्छ अनि मात्र आर्थिक क्रान्ति हुनसक्छ नत्र आर्थिक क्रान्तिको सम्भव छैन” उनले भने । विकास तथा समृद्धिका लागि हाम्रो मान्छे- राम्रो मान्छे होइन राम्रो मान्छे- हाम्रो मान्छेलाई रोज्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो । साउदले नेप्सेमा रहेका २ सय २५ बटा बिभिन्न संस्थाहरु भित्र बिभिन्न बिबिधिकरण रहेको बताउँदै क्यापिटल गेनको लागि लगानी गर्न पनि सुझाव दिनुभएको छ ।

साउदले लगानी लगाउदा प्रतिफल लिन कम्तीमा पनि ३ देखि ५ बर्ष पर्खिन समेत आग्रह गर्नुभयो । उहाँले आज भन्दा २० बर्ष अगाडिको पूजीबजार जमिन आकाशको फरक भएको पनि स्मरण गर्नुभएको थियो । एक अर्को प्रसंगमा साउदले नासाको सफलताको शुभकामना ब्यक्त गर्दे समाजका लागि योगदान पुर्‍याउन उत्तरदायी भएर लाग्न समेत आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा शैक्षिक क्षेत्रलाई आधुनिकीकरण, व्यावसायी र प्राविधिकीकरण गर्ने सारथीको रूपमा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय बिराटनगर तथा तथा सेवा केन्द्र कार्यालय सुनसरीको सदरमुकाम इनरुवा–४ मा सञ्चालनमा आएको संस्थाका सञ्चालक अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए ।

उनका अनुसार नासा ईन्भेस्टमेन्टको सेवा केन्द्र इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी भाषा, कोरियन भाषा, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुने जानकारी दिनुभयो ।

यी कक्षाहरु भौतिक र अनलाइन दुवै माध्यमबाट पढाइ हुने पनि मेहताले बताउनुभयो । यस्तै उहाँले कक्षा ८ देखि १२सम्म तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स गर्नुका साथै संसारको जुनसुकै ठाउँबाट पैसा पाउन र पठाउन आइएमइ, इसेवा, आइएमइ पे, प्रभु पे लगायत सेवाहरू संचालन गरिने जानकारी दिनुभयो ।

यसैगरी, अनलाइन फारामहरु भर्नुका साथै शेयर बजार सम्बन्धि ज्ञानमूलक छलफलहरु समेत चलाइने मेहताले जानकारी दिनुभयो ।
त्यसैगररी एकै छानामुनि फोटोकपि, स्कानिंङ, पिडिएफ, फोटो, प्रिन्ट निमन्त्रणा कार्ड, बर्थ डे कार्ड, श्राद्ध कार्ड, विवाह कार्ड समेत बनाइने बताइएको छ । कम्पनी,संघसंस्था, ट्रस्ट, फाउन्डेशन दर्ता–खारेज सम्बन्धी सम्पूर्ण कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी सम्पूर्ण कार्यहरु गरिने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको सम्पूर्ण कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट बस टिकट, बिजुली बिललगायत अनलाइन भुक्तानीका सम्पूर्ण कार्यहरु गरिने समेत मेहताको भनाइ छ ।

यसैबीच युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकामा समृद्धि ल्याउने उद्देश्यका साथ नासा सेवा केन्द्रकै रुपमा आफ्नो तेश्रो नासा सेवा केन्द्र सुनसरीकै देवानगंज गाउँपालिकामा चैत्र २७ गते आइतबार समुदघाटन गरिने पनि संस्थाका सञ्चालक अध्यक्ष अरबिन्द मेहताले जानकारी दिनुभयो ।

स्थानीय सीप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मूल नाराको साथ देवानगंजमा कार्यक्रम सम्पन्न गर्न लागेको सो अवसरमा जानकारी गराइएको छ ।

देवानगंज गाउँपालिकालाई आर्थिक समृद्धि , आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी ,सामाजिक, संस्कृति गायनका कुरालाई मध्यनजर गर्दै नासा सेवा केन्द्र सञ्चालन गरिने पनि नासा इन्भेष्टमेन्ट प्रा. लिले जनाएको छ ।

कार्यक्रममा विशेष अतिथीहरु अग्रज गायक रामा मण्डल, नितिन गजुरेल, प्रवलदीप बिस्वास, प्रकाश अनुराग तथा सारेगामा लिटिल च्याम्सका लोकप्रिय बाल गायक प्रीतम आचार्यले विशेष प्रस्तुति पस्केका थिए भने कार्यक्रम नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।