एल आइसी नेपालद्वारा मृत्यु दाबी वापतकाे १ करोड ६ लाख ७० हजार भुक्तानी


बिमला तिम्सिना,इटहरी ।
एल आइसी नेपालको इटहरी शाखाले शशनिवार मृतकको परिवारलाई बीमा दाबी वापत एक करोड ६ लाख सतरी हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले इटहरी उपमहानगरपालिका ५ का स्वर्गीय अम्बर बहादुर राउतको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले भुक्तानी गरेको रकममा बीमा रकम एक करोड रुपैयाँ र बोनश ६ लाख सतरी हजार रुपैयाँ रहेकोे थियोे ।
एक करोड ६ लाख सतरी हजार रुपैयाँ दाबी भुक्तानी बापतको रकम इटहरीका शाखा प्रबन्धक श्री गुन्जेश प्रसाद ठाकुरले राउत परिवारलाई हस्तान्तरण गरेका थिए ।
बिमितले पहिलो वार्षिक किस्तामा बीमा वापत पाँच लाख अड्तिस हजार नौसय सैतिस रुपैयाँ भुक्तानि गरेका थिए ।
राउतले बिमा कम्पनीमा २०७७ साल असोज ११ गते जीवन बिमा बापतको रकम बुझाएका थिए ।
राउतले सड्चालिस वर्ष हुँदा जीवन बीमा गरेका थिए भने बीमा अवधि बीस वर्ष रहेको थियो ।
राउतको कोरोना संक्रमणको कारण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जीवन अनिश्चित र मृत्यु निश्चित हुने तितो सत्यलाई मध्य नजर गरि हामी सबैले जीवन बीमा गर्नु जरुरी छ।
बिमित जीबितै रहंदा पाउने रकमले आर्थिक रुपले झन समृद्ध बनाउने तथा दुर्भाग्यवश मृत्यु भएमा आश्रितलाई आर्थिक सुरक्षा प्रदान हुने हुनाले जीवन बीमा गराउनु लाभदायक हुने शाखा प्रबन्धकले बताए।
बीमा दाबी वापतको रकम इटहरी शाखाका प्रबन्धक गुन्जेश ठाकुर, अभिकर्ता शुकमान तामाङ, एजेन्सी म्यानेजर बैजनाथ चौधरी, जितेन्द्र शाह नायक, प्रेम गुप्ता लगायत सम्पूर्ण शाखा परिवारको उपस्थितीमा मृतकको श्रीमति हेमा चौहानलाई हस्तान्तरण गरेको हो ।