महिलाहरुलाई स्वरोजगार बनाउन इटहरीमा तालिम सम्पन्न

0
112

चन्दन रौनियार, दुहबी ।

नेपाल ग्रिन लिक फाउन्डेसन प्रालि इटहरीले आयोजना गरेको हाते सामाग्री उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयको संयोजनमा फाउन्डेसनले सुनसरीको इटहरी उपमहानगरपालिकामा महिलाहरुको लागि फेल्टद्वारा तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउन आयोजना गरेको १४ दिने फेल्टद्वारा (हेण्डिक्राफ्ट) ब्याग, टोपी, महिला पर्स, हेन्डब्याग, चावी रिङ लगायत बिभिन्न सामाग्री बनाउने तालिम सहभागीहरुलाई प्रमाणपत्र दिएर समापन गरिएको हो ।

फागुन २५ गतेदेखि सुरु भएको तालिममा सुनिता आलेमगर र सुनिता महर्जनले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

इटहरी उपमहानगरपालिकाका २५ जना महिलाहरुको समूहलाई उक्त तालिम प्रदान गर्दै इटहरी उपमहानगरपालिकाका लक्षित बर्गका महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि. इटहरीकी अध्यक्ष निर्मला चौधरीले बताइन ।

तालिमको समापन समारोहका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा न.१०का वडा अध्यक्ष प्रकाश चौधरीले सहभागीहरुलाई शुभकामना दिदै बेरोजगार महिलाहरुलाई रोजगार दिनका लागि प्रदेश मन्त्रालयको सहयोगमा संचालन भएको कार्यक्रममा तालिमबाट आर्थिक रुपमा आत्मनिर्भर बन्न र समाज रुपान्तरण गर्न महिलाहरुको समुदायमा अहम् भूमिका रहने हुँदा महिला लक्षित सीपमुलक तालिम महिलाहरुलाई व्यावसायिक बनाउने उद्धेश्यले संचालन गरेकोमा उनले संस्थालाई धन्यवाद समेत दिए । तालिम पश्चात् ब्यावसाय संचालन गर्न चाहाने महिलाहरुलाई अगामी दिनहरुमा सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

उक्त कार्यक्रममा इटहरी वडा नं.९ का वडा सदस्य शिवराम शर्मा, इटहरी वडा न.९ कांग्रेस वडा सभापति गोबिन्द बहादुर अधिकारी संस्थाको संस्थापक अध्यक्ष बस्नती अधिकारी, हेमा तमु गुरुङ, रामरती चौधरी, सुनिता आलेमगर, सुनिता हुमागाई सर्मिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।