चन्दन रौनियार, दुहबी ।
नेपाल ग्रिन लिक फाउन्डेसन प्रा लि इटहरीको आयोजनामा जारी तालिम सम्पन्न भएको छ । उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को संयोजनमा सुनसरीको इटहरी उपमहानगरपालिकामा महिलाहरुको लागि उन(उलेन) तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने १४ दिने उन (उनेल)द्वारा (हेण्डिक्राफ्ट) ब्याग, टोपी सुइटर ,पन्जा लगायत बिभिन्न सामाग्री बनाउने तालिम आज सहभागीहरुलाई प्रमाणपत्र दिएर समापन गरिएको हो ।

फागुन २२ गतेदेखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा सुनिता महर्जन, सजना महर्जन रहेका थिए । २५ जनालाई प्रशिक्षण दिइएको तालिमकी प्रशिक्षक सुनिता महर्जनले जानकारी दिइन् ।

इटहरी उपमहानगरपालिकाका २५ जना महिलाहरुको समूहलाई उक्त तालिम प्रदान गर्दै इटहरी उपमहानगरपालिकाका लक्षित बर्गका महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प्रा लि इटहरीकी अध्यक्ष निर्मला चौधरीले बताइन ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा न.१० का वडा अध्यक्ष प्रकाश चौधरीले सहभागीहरुलाई शुभकामना दिंदै बेरोजगार महिलाहरुलाई रोजगार दिनका लागि प्रदेश मन्त्रालयको सहयोगमा संचालन भएको कार्यक्रममा तालिमबाट आर्थिक रुपमा आत्मनिर्भर बन्न र समाज रुपान्तरण गर्न महिलाहरुको समुदायमा अहम भुमिका रहने हुँदा महिला लक्षित सीपमुलक तालिम साथै ब्यावसाय संचालन गर्ने उद्धेश्यले तालिम संचालन गरेकोमा संस्थालाई धन्यवाद समेत दिएका छन । ब्यावसाय संचालन गर्ने भए अगामी दिनहरुमा सहयोग गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा इटहरी वडा नं. ९ का वडा सदस्य शिवराम शर्मा, इटहरी वडा नं.९ कांग्रेस वडा सभापति गोबिन्द बहादुर अधिकारी, संस्थाको संस्थापक अध्यक्ष बस्नती अधिकारी, हेमा तमु गुरुङ, रामरती चौधरी, सुनिता आलेमगर त्यसैगरी समाजसेवी, पत्रकार , सुनिता हुमागाई ,आई केयरकी निर्मला राई, सुमन थापा, कृष्णा थापा सर्मिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।

