प्रदेस नम्बर १ र लुम्बिनी प्रदेसका सञ्चारकर्मीहरु विच अन्तर प्रदेस भ्रमण आदानप्रदान प्रारम्भ

इटहरी । प्रदेस नम्बर १ र लुम्बिनी प्रदेसका सञ्चारकर्मीहरु विच अन्तर प्रदेस भ्रमण आदानप्रदान प्रारम्भ भएको छ । सौर्य एयलाइन्सले प्रदेस नम्बर १ को राजधानी विराटनगर र लुम्विनी प्रदेसको भैरहवाको दैनिक सिधा उडान प्रारम्भ गरेसंगै सञ्चारकर्मीहरुको अन्तर प्रदेस भ्रमण आदानप्रदान सुरु भएको हो ।

अन्तर प्रदेस भ्रमण आदानप्रदान गर्ने क्रममा एभिन्युज खवरका प्रदेस १ ब्युरो प्रमुख सचिन पोखरेलको नेतृत्वको सञ्चारकर्मीहरुको टोलीले लुम्बिनी प्रदेसको भ्रमण गरेको हो । सञ्चारकर्मीहरुको अन्तर प्रादेसिक भ्रमणले सामाजिक आर्थिक पर्यटकीय लगायतका विषयवस्तुको प्रचारप्रसारमा पत्रकारहरुको भ्रमणले महत्वपूर्ण भुमिका खेल्ने दुवै प्रदेसका पत्रकारले विश्वास लिएका छन् । यस क्रममा भैरहवामा आयोजित दुई प्रदेसका पत्रकारहरुको भेलामा अतिथीका रुपमा सहभागी पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पर्यटन प्रवद्र्धनका साथै मुलुकको समग्र विकासमा पत्रकारहरुको भुमिका अहम हुने वताउदै अन्तर प्रदेस उडानले पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

प्रदेस नम्वर १का पत्रकारहरुको भ्रमणले लुम्विनी प्रदेसको पर्यटन प्रवद्र्धन साथै प्रचारप्रसारमा थप मद्धत पुग्ने लुम्विनी प्रदेसका बरिष्ठ पत्रकार दामोदर खनालले वताए । प्रदेस नम्बर १का एभिन्युज ब्युरो प्रमुख सचिन पोखरेलले प्रदेस नम्वर १ र लुम्विनी प्रदेसका पत्रकारहरु विच मात्र नभएर अन्य प्रदेस तथा छिमेकी मुलुक भारत र तेस्रो मुलुकका पत्रकारहरु विच पनि भ्रमण आदानप्रदानको लक्ष्य राखिएको जानकारी दिए । यसै गरीमा प्रदेस नम्बर १का पत्रकारहरुले लुम्बिनी प्रदेसका पत्रकारहरुलाई प्रदेस नम्बर १ भ्रमणका लागि निमन्त्रणा समेत गरिसकेको जनाइएको छ । प्रदेस नम्बर १ बाट लुम्बिनी प्रदेस पुगेका पत्रकारहरुलाई भैरहवा विमान स्थलमा सौर्य एयरलाइन्सका स्टेशन मेनेजर जितेन्द्र यादव लगायतले उपहार प्रदान गरि विदाइ गरेका थिए । लुम्बिनी प्रदेसका पत्रकारहरु यसै साता प्रदेस नम्बर १को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।