लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालद्वारा सम्मान

बिमला तिम्सिना, इटहरी ।
लाईफ इन्स्योरेन्स कर्पोरेसन (LIC) नेपाल इटहरी र इनरुवा शाखाले सोमबार एजेन्सी मेनेजर साथै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
सक्रियता पुर्वक काम गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्दै एल आइ सि नेपालका डि सि ओ टि वरनवलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।


नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये १३ वटाले बोनस दर सार्वजनिक गरेका छ्न ।
जस मध्येमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले बीमा योजना अनुसार ६६ देखि ८८ रूपैयाँ सम्म बोनस दर दिने गरेको डिसिओ टि वरनलको भनाइ रहेकोे छ ।यो हालसम्म सार्वजनिक भएको मध्ये उच्च बोनस दर हो ।
आज इटहरी शाखा अन्तरगतका एजेन्सी मेनेजर –जितेन्द्र कुमार नायक,प्रेम शंकर गुप्ता ,राज कुमार साह ,बैजनाथ चौधरि अभिकर्ता रोजिन बानिया ,गौरब नायक ,जितेन्द्र किशोर गुप्ता थिए भने इनरुवा शाखा अन्तरगर्तका एजेन्सी मेनेजर लक्षमन नायक,सरोज झा अभिकर्ता किरिसन कुमार नायक ,राधा झा,चन्दन कुमार मण्डल सम्मानित भए ।


बिमा कम्पनीको काम गर्दा सधैं सक्रियता पुर्वक जोस जागरका साथमा अगाडि बढी आफ्नो सफलता पहिल्याउन सकिने इटहरी शाखा प्रबन्धक गुन्जेस ठाकुरको भनाइ रहेको छ।