प्रदेश नम्बर १ प्रचुर पर्यटकीय संभावना वोकेको प्रदेश भएको विज्ञहरुको दावी

इटहरी । प्रदेश नम्बर १ प्रचुर पर्यटकीय संभावना वोकेको प्रदेस भएपनि प्रचारप्रसारको अभावमा कतिपय पर्यटकीय क्षेत्र अझै पनि ओझेलमा परिरहेको सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन ।

बडा दशैं ,शुभदिपावली ,छठ लगायतका चाडपर्वहरुको अवसर पारेर होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले प्रचारप्रसारको अभावमा प्रदेसमा रहेका कतिपय पर्यटकीय क्षेत्रहरु ओझेलमै पर्दै आएको गुनासो गरेका हुन ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा संघीय सांसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण हिसा रहेको समेत चर्चा गरियो ।

कार्यक्रममा वोल्दै आन्तरिक पर्यटन पुनरउत्थान समिति प्रदेश नम्बर १ का संयोजक भविष श्रेष्ठले प्रदेश नम्बर १ मा भौगोलिक सुन्दरता प्राकृतिक सुन्दरता हिमाल ,पहाडदेखि तराई सम्मको विभिधता धार्मिक पर्यटकीय क्षेत्र प्रस्तत रहेको जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी मेहताले सरकारले होटल व्यवसायी लगायत सवै जनतालाई कोरोना विरुद्धको खोप लगाई दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन कर्मचारीहरु विशाल प्रधान, राजु श्रेष्ठ र प्रमोद थापालाई प्रशषा पत्रले सम्मान गरियो । संघ पुर्व अध्यक्ष मणीन्द्र कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना , नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल , राष्ट्यि खेलकुद परिषदका पुर्व सदस्य सचिव केशवकुमार विष्ट उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतको उपस्थिती रहेको थियो ।