भारत
शाहरुख खानले लता मंगेशकरलाई दिएकाे श्रद्धाञ्जलीलाई लिएर किन यति धेरै विवाद भइरहेकाे छ ?
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भारतकी वरिष्ठ गायिका लता मंगेशकरको अन्तिम संस्कारमा शद्धाञ्जली दिन पुगेका अभिनेता शाहरुख खानलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । अभिनेता शाहरुख खानले त्यहाँ प्रार्थना गरेको शैलीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) का एक पदाधिकारीले उठाएको प्रश्नको निकै आलोचना भइरहेको छ ।
हिजो आइतवार बेलुकी मुम्बईको शिवाजी पार्कमा लता मंगेशकरको अन्त्येष्टिअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका व्यक्तिहरूले पार्थिव शरीरको नजिक...
भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ ।
पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।
‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
भारत
नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन्: भारतीय रक्षामन्त्री सिंह
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् ।
नेपाल-भारत बीच पछिल्लो समय नयाँ नक्सा र तुइन काण्डका कारण सम्बन्ध चिसिरहेको बेलामा बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गरेका हुन् ।
भारतीय सञ्चार माध्यम एएनआईका अनुसार सिंहले दुई मुलुकको सम्बन्धलाई टुट्न नदिने बताएका हुन् ।
‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् ।...
भारत
हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ ।
तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे...
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ ।
हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।
दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो ।
भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, बेलायत, अमेरिका...
भारत
भारतको केरलामा वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित, ६ जनाको ज्यान गयो
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।
भारतको मौसम विज्ञान...
भारत
जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा परि पाँच जना भारतीय सैनिकको ज्यान गयो
न्यूज पार्क मिडिया प्रा.लि. - 0
जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।
जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।
पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका परिवारलाई ५० लाख...
भारत
तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।
‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि...
भारत
दुवै देशका सैनिकबीच सञ्चार गर्न भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन् ।
उत्तरी सिक्किमको कोङ्ग्रा लामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न हटलाइन सेवा सुरु गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।
हटलाइनको उद्घाटन गर्दै दुवै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान–प्रदान गरेका थिए । चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन सो हटलाइन...
भारत
टाटा कम्पनीले भारतमा कोरोनाका कारण ज्यान गुमाएका कर्मचारीको परिवारलाई नियमित तलब दिने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
टाटा स्टिल कम्पनीले भारतमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर उपलब्ध गराउने भएको छ ।
कम्पनीमा कार्यरत तथा महामारीका कारण ज्यान गुमाएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारलाई नियमित रूपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने टाटा कम्पनीको बजार व्यवस्था शाखालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै कम्पनीले कोरोनाका कारण...