Forbrukernet.com
इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा एक/एक गोलको बराबरी भयो । आर्सनलका गेब्रियल मागालहाएसले खेलको चौथो मिनेटमा गोल गरे । तर लिभरपुलका मोहम्मद सलाहले खेलको २९औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन । बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ । दोस्रो स्थानमा रहेको...
विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५...
चार देश सम्मिलित ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११:४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बसधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले...
नेपालले शुक्रबार सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकाको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । यसअघि पहिलो पटक सन् २०१४ मा खेलेको थियो । एसिया क्षेत्रबाट नेपालसँगै ओमानले ट्वान्टी–२० विश्वकपमा अन्य १८ राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । ओमान पनि दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यसअघि...
भारतमा चलिरहेको आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । लगातार दुई खेलमा पराजित भएको अस्ट्रेलियाले गएराति लखनउमा सम्पन्न खेलमा  श्रीलङ्कालाई ५ विकेटले पराजित गरेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो । श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने  क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन्...
नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र...
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै...
एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा  १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा...
एसिया कप क्रिकेटमा नेपालसँगको खेल जित्न भारतले २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको छ । वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा भारतले १ सय ४५ रनको लक्ष्य पाएको हो । वर्षाका कारण खेल रोकिनुअघि भारतले २ ओभर १ बलमा १ विकेट पनि नगुमाई १७ रन बनाएको छ । अब भारतले १ सय २५ बलमा १...