अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु  हुने जनाएको छ । एन्फाले ’ए’ डिभिजन लिग क्लबसँगको छलफलपछि लिगको नयाँ मिति तय गरेको हो । यसअघि लिग असार २३ गतेदेखि सुरु हुने बताइएको थियो । क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ । लिगको खेल तालिका असार २५ मा सार्वजनिक...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी९ औँ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधि नजिक फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी९ औँ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा सहलेस युथ क्लब सिराहाले मनोहरा एफ.सी.काठमाण्डौलाई ४-२ गोल अन्तरले पाखा लगाउदैं सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी सहलेस युथ क्लब सिराहाका खेलाडी सुजन पुलामी घोषित भए । उनलाई दुहबी १२ नम्बर वडाका वडा अध्यक्ष...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा बिहीबार भएको नवौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोहरा फुटबल क्लब काठमाडौंले मेमोरी युवा क्लब दुहबीलाई पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको १५ औं मिनेटमा मनोहरा फुटबल क्लब काठमाडौंका खेलाडी संदिप लिम्बुले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । निर्धारित समय ८० मिनेट सम्मको खेलमा...
उद्घाटन खेल मनोहरा फुटबल क्लब र मेमोरी युवा क्लब बिच हुने चन्दन कुमार रौनियार, दुहबी ।सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने नवौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिवारबाट संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले आज पत्रकार सम्मेलन मार्फत् जानकारी दिएका हुन् । प्रतियोगितामा भारतीय फुटबल...
सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो । यस्तै अफिसियललाई तीन लाख रुपैयाँका दरले प्रोत्साहत रकम दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि नवौँ चरणको खेल सुरु हुँदैछ  । आज तीन वटा खेल हुँदैछन् । जसमा दुई वटा खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार बेलुका ६ बजे खेल्दैछन्...
 राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएकाे छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टाेलीलाई विश्व कप छनाेटमा पुर्‍याउन भूमिका खेलेकाे भन्दै कप्तान पाैडेललाई याे पुरस्कारबाट सम्मान गरिएकाे हाे ।   नेपालगञ्जमा आज साेमवारदेखि सुरु भएकाे युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई...
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा बुधबार सम्पन्न छैंटौं भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइजले जितेको छ । फाइनलमा अर्को बी डिभिजन प्रतिस्पर्धी ब्वाइज युनियन क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको हो । दुवै काठमाडौंका क्लब हुन् । विजेता प्लानिङ ब्वाइजले ४ लाख र उपविजेता ब्वाइज युनियनले २ लाख रुपैयाँ पुरस्कार पाए । निर्धारित समयमा दुवै...
क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा साेमबारदेखि अन्तिम सुनुवाई हुने भएको छ । ‘फास्ट ट्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा साेमबारलाई अन्तिम सुनुवाईको पेशी तोकिएको हाे । गत शुक्रबार मात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर...