रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो ।
युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले जनाएको छ । रुसले ब्ल्याक सीमा रहेका युक्रेनको बन्दरगाहमा लक्षित आक्रमण गरिरहेको युक्रेनको आरोप छ ।
यसअघि रुसले युक्रेनको खाद्यान्न निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा...
रूस
अन्तरिक्षमा ५२ वटा स्टारलिंक स्याटेलाइट छाडेर ८ मिनेटमै पृथ्वी फर्कियो फाल्कोन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेको छ ।
स्पेस एक्सको फाल्कोन-९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको थियो ।
लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन-९ को बुस्टर पुनः पृथ्वी फर्किएको थियो । बुस्टर स्पेस एक्सको एट्लान्टिक महासगरमा रहेको अवतरण...
रूस
रुसी रेडियो स्टेशनहरू ‘ह्याक’, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो
न्यूज पार्क मिडिया प्रा.लि. - 0
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।
ह्याकिङ दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । किभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।
नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ ।
रुसी राष्ट्रपति...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।
रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।
भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।
यस्तै, चीनले...
रूस
रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ वर्ष पूरा, हतियार उत्पादन बढाउने रुसको तयारी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।
'डिफेन्डर अफ द फादरल्यान्ड डे' का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो...
रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ ।
ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न...
रूस
रुसले युक्रेनलाई लक्षित गरेको मिसाइल पोल्याण्डमा खसालेकाे राष्ट्रपति जेलेन्स्कीकाे दाबी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
रुसले युक्रेनलाई लक्षित गरेर प्रहार गरेको एउटा मिसाइल पोल्याण्डमा खसेको दाबी गरिएको छ ।
रुसले आफ्नो संलग्नता अस्विकार गरेको यो घटनामा परि पोल्याण्डका दुई सर्वसाधारण मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको बताउनुभएको छ ।
पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा...
रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ । युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन् । जनजीवन सामान्य बन्दै गएको...
युक्रेनको राजधानी किभमा आज मङ्गलवार दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । हिजो साेमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।
आज पनि युक्रेनको राजधानी किभको मध्य भागमा रुसले बिहानै मिसाइल हानेको बीबीसीले जनाएको छ । आजको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थुप्रै संरचना ध्वस्त भएका...
युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ ।
किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो ।
किभमा...