संयुक्त राष्ट्र संघ
मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लूएचोको आग्रह
न्यूज पार्क मिडिया प्रा.लि. - 0
मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने...
संयुक्त राष्ट्र संघ
श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
न्यूज पार्क मिडिया प्रा.लि. - 0
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ ।
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् ।
दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ ।
यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व...
संयुक्त राष्ट्र संघ
कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियाे : डब्ल्यूएचओ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ ।
दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ।
नयाँ भेरियन्टलाई डब्ल्यूएचओले 'ओमिक्रोन' नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।
नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई...
संयुक्त राष्ट्र संघ
नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।
उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले राससलाई दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधबार अनुमोदन गरेको हो ।
उक्त...
संयुक्त राष्ट्र संघ
युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।
युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो ।
डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।
क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई...
संयुक्त राष्ट्र संघ
सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित रहेको छ । संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले शुक्रवार एक विज्ञप्ति प्रकाशन गरेर यस कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा सुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।
यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका...
संयुक्त राष्ट्र संघ
गरिब देशमा कोरोनाविरुद्धको खोप चरम अभाव हुँदा थप जोखिम : डब्ल्यूएचओ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाकाे थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय...
संयुक्त राष्ट्र संघ
कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिँदैन– विश्व स्वास्थ्य संगठन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे चीनलाई थप दबाब दिन नसकिने जनाएको छ ।
डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताउनुभएको हो ।
आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै अधिकार नरहेको भन्दै रयानले सदस्य मुलुकहरुबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गरिएको बतउनुभयो ।
कोरोना...
संयुक्त राष्ट्र संघ
काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क दुई या तीन गुणा धेरै : डब्ल्यूएचओ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएकाे छ त्याेभन्दा दुई या तीन गुणा बढी रहेकाे बताएकाे छ ।
सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म काेराेना भाइरसकाे सङ्क्रमणका कारण ३४ लाख जनाकाे ज्यान गइसकेकाे छ ।
विश्व स्वास्थ्य सङ्गठनकाे तथ्याङ्कअनुसार आफ्नाे वार्षिक प्रतिवेदनमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने...
संयुक्त राष्ट्र संघ
अहिले नेपाललगायतका मुलुकलाई पनि आपत्कालीन सहयोग चाहिएको छ : डब्लूएचओ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।
शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन् । उनले यी मुलुकमा पछिल्लो समय संक्रमण...