Forbrukernet.com
संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्राेही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहकाे भूमिगत भण्डारण,  मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार...
डेनमार्कका युवराज फ्रेडरिक राजा हुनुभएको छ । उहाँलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गर्नुभएको हो  । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै  तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गर्नुभएको थियो । त्यही समयमा उहाँले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने...
ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी हुनुभएको छ । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी हुनुभएको बीबीसीले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गर्नुभएको छ । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा हुनुहुन्छ । लाइको जित...
अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ ।  झ्याल नै खसेपछि विमानभित्र खैलाबैला...
जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ । मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ ।  याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत  दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका...
इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि  अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् । इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा इजरायलमा...
भारतको दक्षिणी शहर बेङ्लोरका दर्जनौँ विद्यालयमा बम राख्ने धम्की आएपछि विद्यालय प्रशासनले विद्यार्थीलाई विद्यालयबाट बाहिर नै प्रहरी बोलाई खानतलासी गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । इमेलबाट प्राप्त धम्कीमा विद्यालय परिसरमा विष्फोटक पदार्थ राखिएको दाबी गरिएको छ । प्रहरीले बम डिस्पोजल टाली र तालिमप्राप्त कुकुरलाई विद्यालयमा खटाएको छ । यद्यपि, अहिलेसम्म कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको र प्रहरीका अनुसार धम्की झुटो भएको...
थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख...
इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता हुन लागेको हो । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ ।  सम्झौतामा हमासले आफूले बन्धक बनाएका ५० जना इजरायली नागरिक रिहा गर्ने र इजरायलले पनि आफ्नो देशमा कैदी तथा बन्दीको रुपमा रहेका प्यालेस्टिनीहरुको रिहा...
इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न आदेश दिएको छ । गएको बुधवार नै बुलडोजरसहित अल शिफा अस्पतालमा पुगेर खानतलासी गरेको इजरायली सेनाले आज तत्कालै अस्पताल खाली गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अबको केही घण्टाभित्र अस्पताल खाली नगरेमा जे पनि हुन सक्ने इजारायली सेनाले चेतावनी दिएको खबरमा उल्लेख छ । इजरायली सैनिकले अस्पतालमा हमासका...