Forbrukernet.com
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनु भएको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा...
‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ विश्व वातावरण दिवस शनिबार मनाइँदै छ । कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो तामझामका कार्यक्रम नभए पनि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गर्दै छ । मन्त्रालयले एक महिनायता गरेका निर्णय केलाउने हो भने नारामा जस्तो प्राकृतिक प्रणालीको पुनःस्थापना होइन, प्रकृतिको दोहनलाई प्रोत्साहन गर्ने खालका छन् । सरकारले...
हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको...
काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले...
प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको...
कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी...
नेपालमा वायु प्रदूषण फेरि बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अतिहानिकारक मानिन्छ । विश्व...
काठमाण्डौसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाण्डौसहितका ठाउँहरुमा आकाश खुल्दै गएको छ । अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ । २ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ । केही दिन थोरै ठाउँमा भए...
आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराहन्न पश्चात देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाट्टफुट्ट हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलब ४ डिग्री सेल्सियस रह्यो...
काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि कायमै छ । नेपाल वायु प्रदूषणमा हानिकारक अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ । हिजो र अस्ति विश्वकै सबैभन्दा धेरैे प्रदूषण भएको नेपाल अहिले तेस्रो स्थानमा झरेको छ । तर मौसम पहिलेकै अवस्थामा फर्कन अझै केही दिन लाग्ने विभागले जनाएको छ । भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने...