Forbrukernet.com
आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङलगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहवीमा छैठौं  श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित एभरेष्ट बैंक छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा असोज २ गते देखि ४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुने शनिवार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन् । दुहबी नगरपालिका वडा नं. ५ मा विगत  वर्षझैँ  मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागि...
जयकृष्ण यादव, इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, गढी र हरिनगर गाउँपालिकामा समेत रथ यात्रा निकालिएको छ । दुहवीको श्री राधा कृष्ण मन्दिरबाट र इनरुवाको राधाकृष्ण मन्दिर र हरिनगरको बासुकिनाथ मन्दिरबाट हजारौंको संख्यामा स्थानीयहरुको सहभागितामा रथ यात्रा निकालिएको हो । दुहवीमा श्री कृष्ण जन्माष्टमी पूजा महोत्सवको आयोजनामा रथ यात्रा निकालिएको आयोजक महोत्सव समितिको अध्यक्ष पंकज हलुवाईले जानकारी...
जयकृष्ण यादव, सुनसरी । सुनसरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामधुनी नगरपालिकामा गैरसरकारी संस्था महासंघ, ओरेक र माइती नेपाल तथा रामधुनी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको मानव बेचबिखन विरुद्धका सन्देश तथा प्ले कार्डसहित प्रभातफेरि र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरकृया कार्यक्रममा अधिकारकर्मी मेघराज...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिए । दुहबीको साविक ९ अहिलेको ६ नं. वडामा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा...
इस्लाम धर्मवालम्वीहरूको पर्व मोहर्रमका अवसरमा इनरुवामा युद्धकला प्रदर्शन गर्दै मुस्लिम युवा । यो पर्वमा परम्परागत युद्ध कलाकौशल प्रदर्शन गर्ने गरिन्छ । तस्बिर : नवीन गड्तौला
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको...
आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । आज धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् नार्कको...
काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा भने झण्डै एक हजार तीन सय वर्ष अघि नै सुरु भएको मानिन्छ । किम्वदन्तीअनुसार रथ यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी...
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुन:प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ । पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगीकरणले...