पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।
धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो ।...
चन्दन रौनियार, दुहबी ।नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिकामा स्थापना गरेको नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण–गृहले व्यावसायिक कारोबार सुरु गरेको छ ।
भण्डारण–गृहमा राख्नका लागि भारतको पूर्णिया, गुलाबबागबाट ल्याइएको एक सय ५० मेट्रिक टन मकै भण्डारण गरेर कम्पनीले आजदेखि कारोबार सुरु गरेको हो ।
प्रदेश १ का आन्तरिक मामिला सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना सचिव सुमन दाहाल,...
कृषि
दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, लिटरको ८५ रुपैयाँ निर्धारण
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो ।
बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८...
पारस राई, धरान ।
धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ ।
मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का...
वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।
पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो ।
वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
मल कारखाना खोल्ने विषयमा...
धरान । धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ ।
मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपन्छि फर्म, वडा नं. ४ का दाजुभाई फर्म, वडा नं. ५ का निशानदेवि कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई ४ थान पावर ट्रिलर हस्तान्तरण गर्नु भएको हो । उपमहानगरपालिकाका...
इटहरी । साना किसान तथा कृषि सहकारीहरुले विभिन्न कृषि उपज र कृषिजन्य उत्पादनहरु गर्दै आएपनि बजारिकरणको अभावमा समस्या झेल्दै आएको गुनासो वढी रहेको समयमा सुनसरीको इटहरीमा कृषिसंग सम्वन्धीत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
साना किसान तथा अन्य कृषि सहकारी संघ संस्थाको बजारिकरण र व्यवसायीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १को आयोजना सम्पन्न भएको हो ।
सगुन...
कृषि
रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् ।
सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ ।
कृषि सामग्री कार्यालय...
इटहरी । कृषि तथा पशुपालनका क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्धेश्य सहित प्रदेस स्तरीय कृषि प्राविधिक कार्यशाला सुनसरीको तरहरामा सम्पन्न भएको छ ।प्रदेस नम्बर १का कृषिसंग सरोकार राख्ने कृषि प्राविधिक ,जनप्रतिनिधि , कृषक ,कृषि व्यवसाय र कृषि फाम सञ्चालकहरुको सहभागितामा कृषि अनुसन्धान निर्देशनालय तरहराको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
कृषि निर्देशनालय तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठको अध्यक्षता तथा...
कृषि
नेपालमै पहिलो पटक विकास गरिएको हाइब्रिड धानको उत्पादन गोरखामा राम्रो
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेपालमै पहिलो पटक विकास गरिएको हाइब्रिड धानको उत्पादन गोरखामा औसतभन्दा राम्रो रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले देशमै पहिलो पटक धानको हाइब्रिड जात बनाएको थियो ।
हर्दिनाथ १ र हर्दिनाथ ३ गरी दुई जातको हाइब्रिड धान बनाइएकोमा गोरखामा परीक्षणका लागि हर्दिनाथ १ को खेती गरिएको थियो । धान जोन कार्यक्रम लागू भएको...