Forbrukernet.com
एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् । एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अन्तरिक्षमा यो दुरी निकै कम हो । खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् । छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ...
धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् । गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अरु केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभएको छ । सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शकबीच मेलामा प्रवेशको विषयलाई लिएर झडप...
झापाको दमक–६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ । विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे। आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् ।  उहाँका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछिमा आजदेखि योग शिविरको शुभारम्भ भएको छ ।विद्यालय स्थापनाको ५० औँ बर्ष पुगेको उपलक्ष्यमा हिजोबाट सुरु भएको स्वर्ण सप्ताह कार्यक्रम अन्तरगत आजबाट दैनिक रुपमा बिहान साडे ४ बजेदेखि योग शिविर सञ्चालन भएको छ।आज बिहानबाट सुरु भएको योग शिविरको वार्ड नं. ७ का वडा अध्यक्ष कपिल आचार्यले पानसमा बत्ती...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले भब्यताको साथ आजबाट स्वर्ण महोत्सवको सुरुवात गरेको छ । आज सरस्वती पूजाको दिन एकाह पुराण पाठ परायण आयोजना गर्दै विद्यालयले अभिभावक दिवस तथा स्वर्ण जयन्ती २०७९ को शुभारम्भ गरेको हो । विद्यालय प्राङ्गणमा आज भएको एकाहा पुराण कार्यक्रमको सुभाराम्भ बराहक्षेत्र नगरपालिका वडा नम्बर ७...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आज मनाइँदै छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले...
जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी...
सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँकाे ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५०औँ बर्ष पुगेको अवसरमा वियालयले अभिभावक दिवस तथा स्वर्ण जयन्ती माघ १२ देखि १९ गतेसम्म भब्यताको साथ मनाउने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । माघ १२ गते सरस्वती पूजा तथा एकाह पुराण पाठ परायण गरि...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र २ जब्दीमा रहेको जलदेवि आधारभूत विद्यालयले आफ्नो २३ औँ वार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताको साथ मनाएको छ । मङ्गलवार विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमकी प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवारले विद्यालयकी शिक्षिका राधिका घिमिरे (वराल)लाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिन् । त्यस्तै विद्यार्थीहरुलाई...