Forbrukernet.com
बिराटनगर । बिराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा बिराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि, विराटनगर–४ को पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा...
वाणिज्य बैंकहरूले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको हो । संघको नयाँ निर्णयपछि ग्राहकले बैंकबाट पाउने ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) मा झर्ने भएको छ । व्यक्तिगत मुद्दती खातामा बैंकले वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।  गत पुस मसान्तसम्म व्यक्तिगत मुद्दती खातामा अधिकतम...
झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार २८ औँ वार्षिकोत्सब मनाएको छ । मंगलबार संस्थाले स्थापना भएकाे २८ औँ वार्षिकोत्सबको अवसर पारेर सबै सेवा केन्द्रमा एकै दिन बिविध सामाजिक कृयाकलाप सहित धुमधामले आफ्नो स्थापना दिवस मनाएकाे हो । सहारा नेपालकाे ६७ औँ शाखा बेलबारीको सेवाकेन्द्रले बेलबारी ४ स्थित कसेनी उच्च मावि परिसरमा जेष्ठ...
सहारा नेपाल साकाेस बेलबारी सेवा केन्द्रले बेलबारी ४ स्थित पंचायत आधारभूत बिद्यालय धरहरामा शुक्रबार सदस्य सुनाैँ, सदस्य बुझाैँ अभियान अन्तर्गत १ दिने सदस्य शिक्षा तथा बिस्तारित मंच सम्पन्न गरेकाे छ । धरहरा सहारा समूहकी अध्यक्ष लिला मेहताकाे अध्यक्षता तथा अनुगमन अधिकृत महेश तामाङ, बिद्यालयका प्रधानध्यापक सन्ताेष फुयाँलकाे आतिथ्यतामा सम्पन्न कार्यक्रममा साे क्षेत्रका ७० जना सदस्यहरु सहभागी भएका थिए ।...
इनरुवा । सहारा नेपालले शनिबार सुन्दरहरैंचाको शुक्रबारेमा बित्तिय साक्षरता र हाेली मिलन कार्यक्रमको आयोजना गरेको छ । सहारा नेपाल (साकोस) लिमिटेड बिराटचोक सेवा केन्द्रले रङ्गहरुको पर्व होलीको अवसर पारेर सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ र १२ मा रहेका १ सय १० जना शेयर सदस्यहरुकाे सहभागितामा बित्तिय साक्षरता, बिस्तारित मञ्च तथा हाेली मिलन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि...
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ र गएकाे माघ मसान्तसम्म जारी गरिएका विभिन्न परिपत्र तथा संशोधन समावेश गरी एकीकृत निर्देशन, २०७९ जारी...
नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई दुई करोड रुपैयाँ जरिबाना तिराएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाको उल्लङ्घन गरेकाले चार वटा बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरीवेक्षण विभागले जरिबाना तिराएको हो । प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले कुल दुई...
काठमाण्डाै । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।  काठमाण्डाैमा सोमवार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हाे ।  प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि...
बराहक्षेत्र । बराहक्षेत्र वडा नम्बर २ चतरास्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधरणसभा तथा २५औँ स्थापना दिवश सम्पन्न गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य, बचतकर्ता, सरोकारवालाहरुको उपस्थितिमा २४ औँ बार्षिक साधरण सभा तथा २५औँ स्थापना दिवस सम्पन्न गरेको हो । शुक्रबार चतरास्थित बोलबम धर्मशालामा आयोजित साधारणसभालाई बराहक्षेत्र नगरपालिकाका...
आमचोक । निरन्तर प्रविधिमा अपग्रेड हुँदै आइरहेको भोजपुरको दक्षिणी गाउँपालिका आमचोकले पालिका भित्रका आफ्ना सबै कर्मचारीहरुलाई अनलाइन मार्फत तलब भत्ता भुक्तानी गर्ने भएको छ । यस अघि नै विद्यालयका शिक्षक, कर्मचारी बाहेक अरु कर्मचारीहरुको इएफटी मार्फत तलब भुक्तानी गर्न थालेको पालिकाले अब विद्यालयका शिक्षक- कर्मचारीको समेत इएफटी(अनलाइन) बाट नै तलब भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै आमचोक गाउँपालिका अब पूर्ण रुपमा...