गण्डकी प्रदेशको आउँदो आर्थिक वर्ष २०७८०/७९ को बजेट प्रदेश सभाबाट पारित भएको छ । आज बुधवार बसेको प्रदेश सभा बैठकमा अवरोधका बीच बजेट पारित भएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिनुभयो ।
गएको असार १ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको आउँदो वर्षका लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट सभामा पेस गर्नुभएको थियो...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कडेँल पुनः नियुक्त हुनुभएकाे छ । गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष कँडेलसहित नियुक्त भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पद तथा गोपनीयताको गराउनुभएको छ ।
पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल...
सुमन सागर खतिवडा, बेलका ।
बेलका नगरपालिका वडा नं ६ को विकट बस्तीको रुपमा रहेको सुकुम्ला,कयाकुरि,पिक्मिरे लगायतका स्थानमा सडकको नयाँ ट्याक खुले सङै स्थानिय गाउँ सडक सन्जालमा जोडिएको छ।
बेलका नगरपालिकाको १५ लाख लागतमा ३ किलोमीटर सडकको ट्रयाक खोलिए पछि स्थानीय हर्षित बनेका छन्। सडक सन्जालले अब बेलका ७ को मैनामैनिलाई समेत छुने भएको छ।
निर्माण सम्पन्न भएको सडकको मंगलबार औपचारिक कार्यक्रमका...
सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।
एक मन्त्रीका अनुसार तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय भएको हो । 'जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको...
सुमन सागर खतिवडा, बेलका ।
बेलका नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको भचुवा रिङ्गरोडको कालोपत्रेको काम शुरु भएको छ । सोमबार औपचारिक कार्यक्रमका बिच बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले भचुवा रिङ्गरोडको कालोपत्रे गर्न सिलन्यास गरेका हुन् ।
३ किलोमीटरको दुरी भएको रिङ्गरोड आर्थिक बर्ष ०७७/०७८ मा भने ४ सय ३६ मिटर कालोपत्रे हुने भएको छ । मदन भन्डारी राजमार्ग छुदै...
पुर्वधार
ठिमुराको पुल फेरि भत्कियो : एकको मृत्यु, दुईजना नदीमा बेपत्ता
न्यूज पार्क मिडिया प्रा.लि. - 0
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल पुनः भत्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बेपत्ता भएका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना मजदुरहरु त्रिशुलीमा बगेका थिए ।
बगेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको...
ऐतिहासिक सम्पदा धरहरा वैशाख ११ गते उद्घाटन गरिने भएको छ । ‘गोरखा भूकम्प’को ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरिने भएको हो ।
भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा उद्घाटन गरिने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो ।...
पारस राई, धरान ।
नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज भएको एक महिना बढी भइसकेको छ । साविक संस्थानको अधिकांश संरचनाहरु जिर्ण अवस्थामा छन् । संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरु जिर्ण भएकै कारण धरानमा खानेपानी वितरणमा समस्या आएको हो । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं नगर प्रमुख तिलक राईको निर्देशनमा रातारात कामहरु भइरहेका छन् । हिजो सोमबार...
लामो समयदेखि प्रतिक्षा गरिएको मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण हुँदैछ ।
गएको फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
पानी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पुरानै प्रणालीबाट वितरण गरिने छ...
आउँदाे शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ काभ्रे भिर र कैकु खोलामा बिग्रिएको सडक मर्मत गर्नुपर्ने भएकाले आउँदाे शनिबारदेखि १७ गते मङ्गलबारसम्म कुनै पनि गाडी नचल्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
यस सडकखण्डको अन्य विकल्प नभएकाले यो सडक खण्ड भएर आवतजावत गर्ने...