Forbrukernet.com
विराटनगर विमानस्थलबाट शनिबारदेखि नियमित उडान सुरु भएको छ । आज बिहान साढे ८ बजे काठमाडौंबाट विराटनगरका लागि बुद्ध एयरको उडान भएको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले बताए । सिभिआर रुममा पानी पसेर बिग्रेकोले उडान संख्या घटाउन एयरलायन्स कम्पनीहरुलाई जानकारी गराएको उनले बताए । एयरलायन्स कम्पनीहरुले आज कतिवटा उडान गर्नेबारे अहिलेसम्म स्पष्ट जानकारी गराइनसकेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि शुक्रबार...
मंगलबार रातिदेखिको वर्षाले जलमग्न बनेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । बुधबार धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो । मौसम खराबीसँगै उडान गर्न नसक्दा श्री एयरलाइन्स र बुद्ध एयरका दुई विमान मंगलबार साँझदेखि यहीं रोकिएका छन् । धावनमार्गमा जमेको पानी सुकेपछि बिहीबार अपराह्नतिर दुवै विमानलाई रित्तै काठमाडौं पठाएको विमानस्थल...
अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले  गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैँको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा...
आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन्  । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो ।  आजदेखि कोजाग्रत  पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् । यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका...
सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो । विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।  अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको...
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवामा भएको अन्तिम बोइङ लिलाम गरिसकेपछि इन्जिन भेटिएको छ । एउटा इन्जिन रहस्यपूर्ण रूपमा स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम गरिएको थियो । सिंगो जहाज जम्मा ६७ करोडमा लिलाम गर्ने टुंगो लागेपछि इन्जिनसहित ४५ करोडका पार्टपुर्जा भेटिएका छन् । तर, यस विषयमा अनुसन्धान भएको छैन । राष्ट्रिय ध्वजावाहक निगमका दुई बोइङले पूर्व ओशाकादेखि र पश्चिम फ्र्यांकफर्ट र...
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।  स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीले वर्ष दिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण...
यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले सात बुँदे मागसहित चाबी बुझाएका हुन् । माग पूरा नगरे सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने महासङ्घले चेतावनी दिएको छ । यातायात व्यवसायीले खोपको व्यवस्था र गाडी दुर्घटना भएमा ट्रमा...
जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा....
काठमाडौं- नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । काठमाडांै जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो । असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिट भन्दा बढी सिट...