Forbrukernet.com
चन्दन रौनियार, दुहबी । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा लि इटहरीको आयोजनामा जारी तालिम सम्पन्न भएको छ । उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को संयोजनमा सुनसरीको इटहरी उपमहानगरपालिकामा महिलाहरुको लागि उन(उलेन) तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने १४ दिने उन (उनेल)द्वारा (हेण्डिक्राफ्ट) ब्याग, टोपी सुइटर ,पन्जा लगायत बिभिन्न सामाग्री बनाउने तालिम आज सहभागीहरुलाई प्रमाणपत्र दिएर समापन गरिएको...
इटहरी । इटहरीमा केन्द्रिय कार्यालय रहेको नेपाल विद्युतिय प्राविधिक समूहले विद्युतिय प्राविधिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको थप क्षमता बृद्धि गर्ने उदेश्य राखी विभिन्न विषयमा नि:शुल्क सीपमूलक तालिम दिने भएको छ । प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतकाे दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम ( इन्सियोर) प्रोजेक्टको सहयोगमा समूहले काम गर्दै आएका प्राविधिकहरुलाई इथिकल ह्याकिङ, सि. सि. टी. भि. क्यामेरा...
चन्दन रौनियार, दुहबी । सुनसरीको बर्जु गाउँ पालिकामा महिलाहरुको लागि चौध दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिमको समुदघाटन भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उधोग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१को कार्यालयले सहयोग गरेको हो । आजदेखि सुरु भएको उक्त तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी ,ओम कुमारी चौधरी र सुनिता तिवारी...
वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । पुरुषहरुले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ, किचेन हेल्पर, स्टील फिक्सिङ, पाइप फिटर, ब्लास्ट पेन्टिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । यस्तै महिलाको लागि...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबीमा महिलाहरुकोलागि डेढ महिने सिलाइ कटाई तथा १ महिने ब्युटीपार्लर तालिमको समुद्घाटन भएको छ । जनहित नेपाल दुहबीको आयोजनामा भएको तालिमलाई दुहबी नगरपालिका वडा नम्बर ६ को कार्यालयले सहयोग गरेको हो। बुधवारदेखि सुरु भएको उक्त सिलाइ कटाइ तालिमकी प्रशिक्षक कबिता कटुवाल र ब्युटीपार्लर तालिमको प्रशिक्षक तुलसा न्यौपानेले ४५ जनालाई प्रशिक्षण दिने जनाइएको छ। महिलाहरुलाई स्वरोजगार बनाइ...
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आउँदो फागुन १० गतेभित्र आवेदन दिनसक्ने छन् । कामदार भिसामा विदेश गइ कम्तीमा एक वर्ष...
पारस राई, धरान । धरानमा तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद पौडेल सहितको टोलीले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र...
जाडो बढेसँगै धराने कफि पारखिहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ । धरान ११ स्थित रागा चौकमा खुल्न लागेका हुन सुगर क्याफे । रागा चौक निवासी कुन्साङ गुरुङले आफ्नै निवासमा क्याफे संचालनमा ल्याउन लागेकी हुन् । करिव ४० लाख रुपैया लागतमा सुरु गर्न लागेको क्याफे यहि माघ १९ गते भने ट्रयाल ओपनिङको रुपमा सुरु गर्न लागेको हो ।...
गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको...
सुमन सागर खतिवडा, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिकाले उद्यम व्याबसाय गर्ने बिपन्न ७० जना उद्यमीलाई यन्त्र-उपकरण हस्तान्तरण गरेको छ। गरिबी नियन्त्रणको लागि लघु उद्यम बिकास कार्यक्रम मेड्पा अन्तर्गत नगरपालिका भरिका उद्यमीलाई ८० प्रतिशत नगरपालिकाको सहयोग र २० प्रतिशत उद्यमीको लागत सहभागितामा यन्त्र उपकरण बितरण गरेको हो । बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी...