बिजुली उत्पादनमा कोशी अन्य प्रदेशको तुलनामा अघि छ । सगरमाथा, मकालु, कञ्जनजङ्घाजस्ता उच्च हिमाशिखरबाट शुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरू– अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ बिजुली उत्पादनको सम्भावना बढी छ । बिजुली उत्पादनको गुणस्तरको दृष्टिकोणले पनि यी नदीको ‘रन अफ रिभर’ क्षमता उच्च रहेको छ । ताप्लेजुङमा बिजुली उत्पादनका लागि २५...
दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर...
नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं...
तौल कम नभएको उद्योगको दावी, नगरपालिका नापतौल जाने तयारीमा इनरुवा । इनरुवा नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा सुविधा ग्यासको तौल कम भेटिएको छ । बजार अनुगमनका लागि निस्केको उपमेयर बिनिता मेहता संयोजकत्वको टोलीले सिलबन्द ग्यास जोख्ने क्रममा सुविधा ग्यासको तौल कम पाइएको हो । बजारमा लामो सयमदेखि ग्यास कारोबार गर्दै आएको अंशु ग्यास पसलमा अनुगमन टोलीले सुविधा ग्यास जोखेको थियो । सो...
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो । सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गर्नुभएको हो । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते...
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै भुक्तानी पनि शुरु भएको हो । भारतको मुम्बईमा भएको ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक...
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो। एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले खारेज गरेको हो ।एकपक्षीय अन्तरकालीन आदेश बदरको माग गर्दै अन्तरिक राजस्व...
नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ । गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्काे  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो । भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ  ल्याएका यात्रुलाई ११ बजे...
भोजपुर । जिल्लाको टेम्केमैयुम गाउँपालिका ८ गोगनेका शम्भु प्रसाद नेपाल अहिले व्यावसायिक कृषि कर्ममा रमाएका छन् । दानाबोटे फलफुल तथा कृषि र्फम दर्ता गरेका नेपालले बारीमा अहिले कागती,ड्रागन फल लगायतका फलफुल लगाएर वार्षिक लाखौं आम्दानी गरेका छन् । कुनै बेला आफैंले गाउँ छाडेर अवसरको खोजिमा शहर पसेका शम्भुले फर्केर व्यावसायिक कृषि कर्म थालेका हुन् । नेपालमा राम्रो बजार रहेको...