शिक्षा / स्वास्थ्य
बराह आदर्श क्याम्पसमा विद्यार्थी संख्या कम हुँदै गएकोमा सरोकारवालाको चिन्ता
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बराहक्षेत्र नगरपालिका वडा नं २ चतरास्थित बराह आदर्श क्याम्पस सञ्चालनको बिषयमा सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् । भौतिक संरचना र आर्थिक रुपले सम्पन्न रहेको क्याम्पसमा बिद्यार्थीहरुको संङ्ख्या न्यून भएको भन्दै सरोकारवाला पक्षले चिन्ता ब्यक्त गरेका हुन् ।
२०६७ सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । आफ्नै भवन, चन्तादाताबाट संकलन भएको ६७ लाख रकमको अक्षय कोषबाट सञ्चालन...
नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८...
शिक्षा / स्वास्थ्य
डाक्टर र नर्ससहित वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् ।
लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु भएको छ ।
अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन...
इनरुवा । इनरुवाको बलाहामा रहेको नवयुग एकेडेमीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार विद्यालय प्राङ्गणमा आयोजित साधारण सभाको उद्घाटन सत्रमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पुरष्कृत गरियो ।
साथै सोहि अवसरमा बोल्ने लगानीकर्ताहरुले 'आफ्नै ब्यवस्थापन आफ्नै लगानी, गुणस्तरीय शिक्षाका लागि नवयुग एकेडेमी' भन्ने नारालाई चरितार्थ गर्ने गरी विद्यालयले काम गरिरहेकोमा जोड दिए । बाहिरी तडकभडक...
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीलाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि डेंगुको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरे। केही दिन अस्पतालमै...
धरान । एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको संयुक्त पहलमा शनिबार एकदिने स्पाइन वर्कसप (मेरुदण्ड उपचारको कार्यशाला) आयाेजना गरिएकाे छ ।
प्रतिष्ठानको अडिटोरियम हलमा सुरु भएको कार्यशालामा नेपाल भरिका प्रख्यात स्पाइन सर्जनहरूको सहभागिता रहेको छ । स्पाइन सर्जरीमा करियर बनाउन चाहने यूवा हाडजोर्नी विशेषज्ञ तथा जुनियर रेजिडेण्ट चिकित्सकहरूलाई लक्षित गरेर धरानमा वर्कसप...
शिक्षा / स्वास्थ्य
एसईई नतिजा भाेलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाण्डाै । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने...
शिक्षा / स्वास्थ्य
कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघ्यो, थप २ सय ६ जनामा सङ्क्रमण पुष्टि
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ ।
२४ घण्टामा ४५ जना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण...
शिक्षा / स्वास्थ्य
बराहक्षेत्र नगरका सामुदायिक बिद्यालयको गुणस्तर वृद्धि गराएरै छाड्छु: नगर प्रमुख कार्की
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदन गुरागाई, बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
नगरमा रहेको सबै सामुदायिक बिद्यालयहरुको गुणस्तरमा वृद्धि गर्दै परिणाममुखी शिक्षा सबैको पहुँचमा पुर्याउन आफू लागि परेको नगर प्रमुख कार्कीले बताए ।
शुक्रवार बराहक्षेत्र नगरपालिका वडा नं २ जब्दीमा रहेको जलदेवी आधारभूत विद्यालयमा आयोजित छात्रवृत्ति एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले आफ्नो...
शिक्षा / स्वास्थ्य
कागज अभाव र निर्वाचनका कारण पाठ्यपुस्तक पुर्याउन सकिएन : मन्त्री पौडेल
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याउन नसकिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय निर्वाचन मतपत्र छपाई भएकाले...