भन्सार छलेर ल्याएको सामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी ६ स्थित धरान लाइनमा भारतबाट भन्सार छली ल्याएको सामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान ८ बस्ने ४० वर्षीय सोनु यादव रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।
भारतबाट चोरी, पैठारी गरी भन्सार छलेर नेपाल ल्याएको ३५ हजार ५१० रुपैयाँ बराबरको सामानसहित उनलाई...
अपराध
बेवारिसे नवजात शिशुको उपचार धरानमा हुँदै, नगर प्रमुख र उप-प्रमुख भेट्न पुगे
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका-२ मा वेवारिसे अबस्थामा भेटिएको नवजात शिशुको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ ।
पुनर्वासबाट नडाहा जाने जंगलमा गाईवस्तु चराउन जाने क्रममा गोठालाहरूले बेवारिसे अवस्थामा बिहान करिब ११ बजेतिर नवजात शिशु देखेपछि इलाका प्रहरी कार्यालय चतरालाई खबर गरेका थिए ।
तत्काल चतरा अस्पतालमा उपचार गराए पछि हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थप उपचार भइरहेको...
अपराध
बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ अदालतद्वारा सफाई
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । त्यसैगरी जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । शाहमाथि एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो ।
तनहुँ जिल्ला अदालतले...
अपराध
सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धराैटीमा छाड्न उच्च अदालतकाे आदेश
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा...
अपराध
भ्रष्टाचार अभियाेग लागेका कांग्रेसका टेकबहादुर गुरुङकाे सांसद पद निलम्बन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराएको हो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाण्डाै फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा...
अपराध
चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठायो, १० वर्षसम्म नेपाल आउन नपाउने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ ।
सर्वोच्च अदालतको गएकाे बुधवारको आदेशअनुसार शुक्रवार जेलमुक्त भएका शोभराजलाई जिजोकै उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताउनुभयो । शोभराज दोहा हुँदै आज शनिवार पेरिस पुग्ने उहाँले बताउनुभयो ।
शोभराज २०६० सालदेखि नेपालको जेलमा थिए...
अपराध
‘सिरियल किलर’ चार्ल्स शोभराज थुनामुक्त, कहिल्यै नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सिरियल किलर' का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराले शाेभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएको छ । अब शाेभराजलाई विभागबाट फ्रान्स पठाउन लागिएको छ । अब कहिल्यै पनि नेपाल आउन नपाउने गरी शाेभराजलाई फ्रान्स पठाउन लागेको विभागले जनाएको छ । शोभराजले भने १० दिन गङ्गालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था...
केराबारी । मोरङको केराबारीमा एक जना पुरुषको हत्या भएको छ । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार राईलाई लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूले गत आइतबार दिउँसो आक्रमण गरेका थिए । लिम्बू अपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । केराबारी–९ स्थित एउटा पसलअगाडि भेट हुनासाथ...
धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो ।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए । स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका...
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेकाे फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएकाे छ ।
विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेख्रेलले जानकारी दिनुभयाे । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेकाे उहाँले बताउनुभयाे ।
झडपका कारण केही समयका लागि मतदान राेकिएकाे प्रजिअ पाेख्रेलले...