नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुलेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड/प्राविधिक/हवाई/लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो । अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका...
नवनियुक्त उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको छ ।  शुक्रवार गृह मन्त्रीको रूपमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृह मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको हो । उहाँले आफूले गरेको निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लाने बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘अहिलेसम्म...
प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताउनुभएको छ । नेपाली सेना भूपू सम्मेलन–२०७९ को आज बिहीवार पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उहाँले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भन्नुभएको हो ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो । हिजो बुधवार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक...
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । ‘जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो,’ उहाँले भन्नुभयो । छोटो समयको...
काठमाण्डाै । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनाेट शाखाले म्यादी प्रहरी भर्ना छनाेट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली...
नेकपा एमालेका नेता तथा पुर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला नेपाली सेनाले सरकारलाई कहिले सोध्यो भनेर प्रधान सेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् ।  शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् । ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले...
काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो । सर्वोच्चले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश पनि दिएको छ । २४ लाख...
भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । स्थानीयका अनुसार डियुटिमा...
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी...