Forbrukernet.com
दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा (एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले पछि पारेको छ । पछिल्लो साढे ११ बजेसम्मको मतपरिणामअनुसार घोराही एमालेका नरुलाल चौधरीले ११ हजार ४६० मतसहित लिड गरिरहेका छन् । जुन गठबन्धनको मतभन्दा १ हजार २१९ ले बढी हो । गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् । उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै...
रुपन्देही, बैशाख १८ । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गर्नुभएको छ । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व।काशिम खानका छोरा खान यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मतले पराजित हुनुभएको थियो । खानको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु...
लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै प्रदेश सभाका गतिविधि शून्यप्रायः छन् । स्थापनाको पहिलो र दोस्रो वर्षमा कानुन निर्माणमा सक्रियता देखाएको प्रदेश सभा यस वर्ष निष्क्रिय छ । प्रदेश सभा स्थापनाको पहिलो र दोस्रो वर्ष प्रदेश सभामा देखिएको प्रदेश सदस्यको चासो र सक्रियता पनि घटेको छ ।  प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलकाे अध्यक्षतामा...
इटहरी । प्रदेस नम्बर १ र लुम्बिनी प्रदेसका सञ्चारकर्मीहरु विच अन्तर प्रदेस भ्रमण आदानप्रदान प्रारम्भ भएको छ । सौर्य एयलाइन्सले प्रदेस नम्बर १ को राजधानी विराटनगर र लुम्विनी प्रदेसको भैरहवाको दैनिक सिधा उडान प्रारम्भ गरेसंगै सञ्चारकर्मीहरुको अन्तर प्रदेस भ्रमण आदानप्रदान सुरु भएको हो । अन्तर प्रदेस भ्रमण आदानप्रदान गर्ने क्रममा एभिन्युज खवरका प्रदेस १ ब्युरो प्रमुख सचिन पोखरेलको नेतृत्वको सञ्चारकर्मीहरुको...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही...
लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज...
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी,...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् । पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरे । पोखरेलले आफ्नो कार्यकालमा सरकारले...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना देखिएकाे छ ।  लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने विषयमा निर्णय गर्न मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले अधिकार दिएको छ । प्रदेशदेखि केन्द्रमा नेतृत्व गर्ने एमालेका केही नेताहरुले अविश्वासको प्रस्तावको सामना गर्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठनको ढोका खोलिदिन सुझाव दिएका छन् । एमाले नेताको सुझाव र सत्तारुढ दल एमाले प्रदेश...
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो एक बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेशसभाको विशेष अधिवेशन आजका लागि आह्वान गर्नुभएको थियो । नयाँ मुख्यमन्त्रीका रुपमा विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ...