Forbrukernet.com
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई...
गण्डकीका विनाविभागीय दुई मन्त्रीले आइतबारदेखि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै जेठ २९ मा चार जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । शपथ लिनेमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे हुन् । कांग्रेसका खड्काले सामाजिक विकास र माओवादीकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेको भए पनि सहमति अनुसार मन्त्रालयको जिम्मेवारी...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री कुमार खड्कालाई नियुक्त गरेको छ । सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कुमार खड्काले वताउनुभयो । मन्त्रिपरिषद बैठकले संघको सुविधासमेत हेरेर पुर्व मुख्यमन्त्रीको सुविधा तोक्ने प्रवक्ता खड्काले बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नेपालीले...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाउनुभएको छ । प्रदेशको मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई बोलाउनुभएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्‍याउने तयारी गरेको आशंका छ । यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ । शुक्रबार समर्थनसहित हस्ताक्षर...
नयाँ सरकार गठनका लागि सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका छन् । वैकल्पिक सरकारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । विपक्षी गठबन्धनका सबै सांसद प्रदेश प्रमुखकोमा गएर अहिले धर्ना दिइरहेका छन् । माओवादी केन्द्रका सांसद...
गण्डकी प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनको विषयमा केन्द्रमा जस्तै प्रवृत्ति प्रदेशमा पनि देखिएको बताएका छन् । नयाँ सरकार गठनको लागि हिजो कांग्रेस,माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजिव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्य हस्ताक्षर र भौतिक रुपमै प्रदेशप्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका थिए । विपक्षी दलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष गुरुङले दाबी पेश गर्नुभएको हो । उहाँले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गर्नुभएको छ । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका...
नयाँ सरकार गठनका लागि दिइएको समय सकिनैलाग्दा पार्टीले सांसद पदबाट निस्कासन गरेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गण्डकी प्रदेशप्रमुखको निवास छिरेर फर्किएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउसो ३ बजेसम्मका लागि नयाँ सरकार गठन गर्न समयसीमा दिएकी थिइन् । बिहीबार नै विपक्षी गठबन्धनले बहुमत पुर्याएर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको छ ।...