Forbrukernet.com
काठमाण्डाै महानगरपालिकाले थापाथलीकाे बाग्मती नदी किनारमा रहेकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे छ ।  महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीकाे बाग्मती नदी किनारकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे हाे । बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेकाे र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएकाे पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित...
चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।  सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    क्षेत्रीको शव परीक्षणका लागि भरतपुर...
काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटारमा आज बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...
काठमाण्डाै । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ । सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या...
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाण्डौ उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।   यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा...
मकवानपुर — सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् । हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणना हुँदा लामाले १७ हजार ३४३ मत प्राप्त गर्नुभएकाे छ । उहाँ नेकपा एमाले मेयरका...
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो । राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको छ । यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको...
काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।  अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले...
काठमाडौं ।  काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् । बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन अधिकृतले गराएका छन् । ‘सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि...
गाेरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र 'ख' मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेना घटनास्थलमा जाँदै गरेको...