मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले  माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त भएका हुन् । उनीहरुको शपथ दिउँसो १ बजे हुनेछ । भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएपछि असन्तुष्ट भएको माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रीय नेतृत्वको हस्तक्षेप पछि...
अजित कुमार, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै निर्वाचित भएका छन् । पाँच जना निर्वाचित वडा सदस्य र तिन जना अल्पसंख्यकहरु गरी ८ जना कार्यपालिका सदस्यहरुको लागि मंगलवार भएको चुनावमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचनमा भाग लिएका आठैजना निर्वाचित भएका छन्...
धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । कडा प्रतिस्पर्धाका बिच जसपा र एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका हुन । उनी निर्वाचित भएको आधिकारिक घोषणा भएर उनि प्रमाण पत्र लिदै भने म खुशी छु मलाई जनताले सहयोग गरेको छ अब सब भन्दा पहिला म शिक्षमा जोड दिन्छौँ । मठ–मन्दिर, अश्मसान, मस्जिद,कब्रस्तान सबैको उद्धार तथा संरक्षण...
अजित कुमार, रौतहट ।माधव नेपालको गृह जिला रौतहटको गौर नगरपालिकामा उनको पार्टी नेकपा एकीकृत समाजवादीले विजय हासिल गरेको छ । रौतहटको पहिलो नगरपालिका भनेर चिनिने गौर नगरपालिकामा समाजवादीका उम्मेदवार शम्भू साह मेयर पदमा निर्वाचित भएका हुन् । उनले पूर्व मेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गरेका छन् । मेयर पदमा निर्वाचित भएका साहले ७ हजार...
अजित कुमार, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा उनको पार्टीको पकड देखिएको छ । बैशाख २० गते सम्पन्न मतदानको मतपरिणाममा एकिकृत समाजवादीले अग्रता कायम गरेसँगै एसको पकड देखिएको हो । रौतहटको सदरमुकाम गौर नगरपालिकामा एसका मेयर पदका उम्मेदवारले दोब्बर मत भन्दा बढीले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार समाजवादीका उम्मेदवार शम्भू साहले ३...
मौसम झा, जनकपुर । मधेस प्रदेशका अधिकांश स्थानीय तहमा आफू अनुकूलको प्रशासकीय अधिकृत राख्न नियम र मर्यादा नाघ्दै निमित्त दिने चलन समस्याको रुपमा देखिएको छ । आफ्नो स्वार्थ अनुकल नभए कर्मचारीलाई सरुवा गराईदिने, सामान्य प्रसाशन मन्त्रालयबाट जिम्मेबारी लिएर आएपनि हाजिर हुन नदिने घट्ना मधेस प्रदेशका स्थानीय तहमा सामान्य मानिन्छ । नियमानुसार काम गर्न खोजेमा जनप्रतिनिधि र कर्मचारीबिच खटपट हुने, स्वार्थ पूरा...
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ । गएराति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीकाअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गएराति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ । आगलागी...
आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो । प्रदेश-१...
प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ ।  नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८...