Forbrukernet.com
कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत कोशीमा नेकपा माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएको भन्दै एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका विनाविभागीय मन्त्री रामबहादुर रानाले शनिबार बिहान पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । नैतिक...
कोशीका मुख्यमन्त्री केदार कार्कीमाथि सत्तागठबन्धन र एमाले दुबैबाट दोहोरो दबाब बढेको छ । सत्ता गठबन्धनले एमालेलाई सरकारबाट हटाउन दबाब दिइरहेको छ । उता एमालेले तत्काल सरकार विस्तारका लागि चर्को दबाब दिइरहेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका कार्कीलाई प्रदेश सभामा राप्रपा बाहेकका दलले विश्वासको मत दिएका थिए । तर केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकार बाहिर राख्न दबाब बढाएपछि कार्की अप्ठेरोमा...
कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिले आफू मुख्यमन्त्री बन्न पुगेको बताए ।  लामो समयदेखि अस्थिरतातर्फ गइरहेको कोसी प्रदेशमा आफू मुख्यमन्त्री भएसँगै स्थीरताको सन्देश गएको बताए । संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारको मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा विश्वासको...
नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा  कार्की शनिबार मुख्यमन्त्री...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासकाे मत लिन लाग्नुभएको हो । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने व्यवस्था...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आइतवार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि चुनाव हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल,...
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका  छन् । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएका हुन् ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका मानिएका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर थापाले राजीनामा दिएको बताएका छन् । नेपाली कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री...
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्की नियुक्त हुनु भएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे ।  मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए ।  कांग्रेसले माओवादीलाई समर्थन गरे पछि कार्कीले विद्राेह गरेर एमालेकाे साथमा मुख्यमन्त्रीकाे...
कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको छ । मुख्यमन्त्रीका लागि ४७/४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो । सनाखत भोलि शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले...
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गर्नुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको हो । यो प्रदेश सभामा सरकार गठनको अन्तिम संबैधानिक विकल्प हो । यो व्यवस्था अनुसार र प्रदेश सभामा बहुमत जुटाउन...