Forbrukernet.com
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको छ । आज सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिनुभएको हो । अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ । 
सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको फैसला गरेको छ । नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको भन्ने  सर्वोच्चको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज भएको छ । गैरसांसद पनि मन्त्री हुन पाउने भए पनि लामिछानेको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वतः खारेज भएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,...
सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताउनुभयो । पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’...
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।  प्रतिनिधिसभामा उम्मेद्वारी मनोनयनका क्रममा पेश गरेको लामिछानेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई कायम नरहेकाले त्यसले मान्यता नपाउने सर्वोच्च अदालतले फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासको यो फैसलासँगै लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । साथै उहाँ उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त हुनुभएको छ ।...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र...
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताउनुभएकाे छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा आफू लाग्ने बताउनुभएकाे हाे । उहाँले संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपबाट खासै फरक नभएकाे समेत बताउनुभयाे। जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिने उहाँकाे तर्क छ । उहाँले संसदको...
निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन...
संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले सोमबार कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो । यसअघि कांग्रेसले संसद सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले...
सत्तारुढ माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताको प्रकृया तीव्र पारेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीसँग एकता गर्ने सहमति गरेर अघि बढेको माओवादीले एकीकृत समाजवादीसँग पनि वार्ता थालेको छ । पेरिसडाँडामा माओवादी र समाजवादीको वार्ता समितिबीच पहिलो औपचारीक वार्ता भएको छ । कृष्ण बहादुर महराको नेतृत्वमा रहेको माओवादी वार्ता समिति र डा. बेदुराम भुषालको नेतृत्वमा रहेको समाजवादीको वार्ता समितिबीच पार्टी...